हिमालय किरण क्याम्पस र अरुण भ्याली बोर्डिङ बिरुद्ध परेको रितको सुनुवाई सकियो, यस्तो छ फैसला




संखुवासभा, चैत ३० गते । संखुवासभाको खाँदबारी ७ स्थीत श्री हिमालय किरण पब्लीक क्याम्पसमा मनोमानि ढंगले निजी बोर्डिङ्ग सञ्चालन हुन लागेको भन्दै धनकुटा उच्च अदालतमा परेको रित निवेदन माथी आज सुनुवाई भएको छ । सार्वजनिक सम्पत्तीको दुरुपयोग गरेको भन्दै परेको रितमा धनकुटा उच्च अदालतले बोर्डिङ सञ्चालक र क्याम्पस ब्यवस्थापन समितिको पक्षमा फैसला गरेको छ ।

बोर्डिङ सञ्चालन विरुद्ध रित निवेदन परेपछि चैत २६ गते अदालतले ‘स्टे अर्डर’ जारी गर्दै ३० गते भित्र दुवै पक्ष अदालतमा उपस्थित हुन भनेको थियो । सोही बमोजिम न्यायधिस द्वय बिनोद शर्मा र सुभाष पौडेलको ईजलासमा आज दुवै पक्षलाई उपस्थित गराई रित निवेदन माथी छलफल गरि विपक्षीहरुको पक्षमा फैसला गरेको हो । ‘कुल पुँजीको बहुमत हिस्सा अर्थात ५१ प्रतिशत क्याम्पसमै रहने र बार्षिक भाडा समेत तिर्ने भएकोले क्याम्पसलाई क्षति नपुग्ने भन्दै अधिवक्ताहरुले बिपक्षिको पक्षमा फैसला सुनाएको हो ।

‘निर्धारित शैक्षिक कार्यक्रममा बाधा नपर्ने गरि कुल पुँजीको बहुमत हिस्सा क्याम्पसमै रहने र बार्षीक भाडा समेत तिर्ने गरि आफ्नो स्वमित्वको भवन बोर्डिङलाई निर्धारित अवधीको लागि भाडामा दिने गरि भएको निर्णय एवं सम्झौताबाट अपुरणीय क्षति पुग्ने अवस्था नदेखिदा आन्तरिम आदेश जारी गर्नु परेन’ फैसला पत्रमा भनिएको छ । यो फैसलासँगै पुर्व योजना अनुसारका कार्यहरु अगाडी बढ्ने क्याम्पस सञ्चालक समितिले जनाएको छ ।

सम्बन्धित समाचार