सङ्खुवासभाको बाला माविमा अंग्रेजी माध्ययमबाट पढाई



चैत २८, सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम मानिएको शिलिचोङ गाउँपालिका २ बालामा रहेको बाला माध्यमिक विद्यालयले शैक्षिक २०७५ देखि अंग्रेजी भाषाको माध्ययमबाट पठन पाठन गर्ने भएको छ ।

विद्यार्थी र अविभावकको अग्रेजी मोहलाई मध्यनजर गर्दै पुर्व प्राथमिक कक्षा र प्राथमिक तह अन्तर्गत कक्षा १ मा अग्रेजी माध्ययमबाट पठनपाठन गर्ने भएको हो । अंग्रेजी भाषा माध्ययमबाट अध्यापनको लागि सम्पुर्ण पाठ्यपुस्तकहरुको पनि ब्यवस्था भईसकेको विद्यालयका प्रधानाध्यापक ईन्द्रबहादुर कुलुङले जानकारी दिनुभयो ।

आगामी बर्ष देखि क्रमस अग्रेजी माध्ययमबाट कक्षा बढाउदै लगिने योजना रहेको प्रधानाध्यापक कुलुङको भनाई छ । त्यसको लागि अग्रेजी भाषाका दक्ष शिक्षकहरुको ब्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लाको सामुदायिक विद्यालयमा अंग्रेजी माध्ययमबाट पढाई हुने सामुदायिक विद्यालय यो नै पहिलो हो ।

सम्बन्धित समाचार