लिखित सहमति नभए फोरम सरकारमा जादैनः बरिष्ठ नेता राई



सङ्खुवासभा, बैशाख ५ गते । सरकारलाई विश्वासको मत दिएपनि संविधान संसोधन सम्बन्धी लिखित सहमती नभए संघिय समाजवादी फोरम सरकारमा नजाने बरिष्ठ नेता अशोक राईले बताउनुभएको छ । बुधबार खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

तर, प्रधानमन्त्री केपी ओली र फोरम विच लिखित सहमति हुनेमा आफुहरु ढुक्क रहेको नेता राईले बताउनुभएको छ । प्रधानमन्त्री ओलीको ब्यस्तताको कारण सहमति हुन ढिलो भईरहेको नेता राईले बताउनुभयो । ‘लिखित सहमती नहुने भन्ने कुरै छैन’, राईले भन्नुभयो प्रधानमन्त्री जी लिखित सहमतीको लागि तयार हुनुहुन्छ, अव छिट्टै सहमती हुन्छ ।

आफुहरु सरकारमा जाने निश्चित भएकै कारण सरकारले एक राज्यमन्त्री सहित दुई मन्त्रालयको जिम्मेवारी दिन लागेको राईले जानकारी दिनुभयो । आफुहरुले कुनकुन मन्त्रालय पाउने हो सो को भने यकिन भईनसकेको उहाँले जानकारी दिनुभयो ।

समाजवादी र फोरम विच एकिकरण भएपछि समाजवादीबाट आएका नेताहरुको प्रभाव कम भएकोले दवाबमा बस्नु परेको छ भन्छन् नी ? भन्ने पत्रकारहरुको प्रश्नमा नेता राईले नेता कार्यकर्ताहरुले सानो मन बनाउन नहुने बताउनुभयो । हालै पार्टी परित्याग गरि बाम गठबन्धनमा प्रवेश गरेका नेता अजम्बर काङमाङलाई लक्षित गर्दै समायोजित भएर बस्न नसक्दा विचल्लीत भएर अर्काको साहारा लिनु उचित नरहेको उहाँको भनाई थियो ।

पार्टि सुदृढीकरण तथा कार्यकर्ता प्रशिक्षणको क्रममा केन्द्रिय उपाध्यक्ष रकम चेम्जोङ सहितको टोलीले सङ्खुवासभाको विभिन्न स्थानमा प्रशिक्षण गराईरहेका छन् । केही नेताहरु बिहिबार काठ्माण्डौ फर्किएपनि बरिष्ठ नेता राईसहित केही नेताहरु केही दिन सङ्खुवासभामै रहनेछन् ।

सम्बन्धित समाचार