भोजपुरमा घुम्ती शिविरबाट १ सय बढीलाई गाउँमै नागरिकता



भोजपुर, १२ वैशाख । भोजपुरको पौवादुङ्मा गाउँपालिकामा एक सय बढीलाई गाउँमै नागरीकता वितरण गरिएको छ ।

राज्यको सेवा गाउँघरमै उपलब्ध गराउने उदेश्यले स्थानिय तह भएपछि पहिलो पटक यहाँ आयोजित दुई दिने एकिकृत घुम्ती शिविरबाट एक सय १० जनालाई नागरीकता वितरण गरिएको हो ।

यसैगरी शिविर मार्फत ९ जनालाई अपाङगता परिचय पत्र, १ सय ३ जनालाई स्वास्थ्य उपचार सेवा र ९ सय जनालाई जिल्ला भुसंरक्षणबाट विभिन्न जातका बिरुवा वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । त्यस्तैगरी बन कार्यालयले १ सय ५० थान बन सम्वन्धी पुस्तक र ५ सय ओटा पम्प्लेट वितरण गरेको बताइएको छ ।

शिविरबाट यहाँका स्थानिय निकै हर्षित भएका छन् ।

सम्बन्धित समाचार