तीनजुरेको बिवादित जग्गा सङ्खुवासभाको रहेको पुष्टि




सङ्खुवासभा, बैशाख १३ गते । सङ्खुवासभा र तेह्रथुमको सिमा क्षेत्रमा भ्यु टावर बन्ने भएपछि सुरु भएको सिमा बिवाद बारे नापी कार्यालय चैनपुरले धर्मदेवी नगरपालिकालाई प्रतिवेदन बुझाएको छ । नापी कार्यालय चैनपुरले बुझाएको प्रतिवेदनमा हाल निर्माण भईरहेको भ्युटावर क्षेत्र संखुवासभाको भुभाग रहेको उल्लेख गरिएको छ ।

निरिक्षण टोलीले ग्लोबल पोजिसनिङ सिष्टम (जिपिएस) को प्रयोग गरि नापजाँच गर्दा नापी कार्यालय चैनपुरको सिट नम्बर १६६–१३९४ को कित्ता नम्बर ८४७ भित्र रहेको उल्लेख गर्दै प्रतिवेदन बुझाएको छ । भ्यु टावर स्थलसँगै पाथिभरा मन्दिर क्षेत्र पनि संखुवासभाको भुभागमा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दुई जिल्ला विच सिमा बिवाद भएपछि चैनपुर नापी कार्यालय, खाँदबारी नापी कार्यालय, तेह्रथुम नापी कार्यालय र लालिगुराँस नगरपालिकाको प्रतिनिधीहरुको सहभागितामा स्थलगत निरिक्षण गरेका थिए ।

सम्बन्धित समाचार