६० जिल्लाको सिडिओ सरुवा, संखुवासभामा नयाँ सिडिओको रुपमा अधिकारी (सुचि सहित)




सङ्खुवासभा, बैशाख १३ गते । गृहमन्त्रालयले सङ्खुवासभा सहित ६० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । विगत १४ महिना अघिदेखि प्रमुख जिल्ला अधिकारीको रुपमा रहदै आउनुभएका शिवराज जोशी गृह मन्त्रालयमा सरुवा भएको छ ।

सङ्खुवासभामा प्रमुख जिल्ला अधिकारीको रुपमा उपसचिव गणेशबहादुर अधिकारी आउने भएको छ । संखुवासभा आउन लागेका अधिकारी हालसम्म रौतहट जिल्लाको चन्द्र निगाहपुर ईलाका प्रसासन कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।

सरुवा हुनेहरुको थप सुचि यहाँ हेरौं

सम्बन्धित समाचार