प्रदेश एकको स्थायी राजधानी सार्ने हल्ला निराधार (भिडियो सहित)




सङ्खुवासभा, बैशाख १५ गते । प्रदेश नम्बर एकको स्थायी राजधानी ईटहरी तोक्ने हल्ला गलत भएको मुख्य मन्त्री शेरधन राईले बताउनुभएको छ । सनिबार चैनपुरमा आयोजित मेयर गोल्ड कपको उद्घाटन गर्नुहुदै राईले यस्तो बताउनुभएको हो ।

पछिल्लो समय केही अनलाईन मिडियाहरुमा प्रदेशको राजधानी ईटहरी सार्ने भन्ने निराधार हल्ला फैलिएकोले त्यसको पछि नलाग्न अनुरोध गर्नुभयो । अहिले प्रदेशको राजधानी र नामाङ्कन विषयमा केही छलफल भईरहेपनि औपचारीक छलफल हुन बाँकी रहेको उहाँले बताउनुभयो । कतिपय मानिसहरुले स्वार्थको आधारमा प्रचारप्रसार गर्नेगरेको पाईएको बताउनुहुँदै कस्ले कुन उद्देश्यको लागि त्यस्तो समाचार प्रकाशन प्रसारण गरेको हो, बुझ्न नसकेको उहाँले बताउनुभयो । मुख्यमन्त्रीको हैसियतले नामाङ्कन र स्थायी राजधानी तोक्ने सम्बन्धी सहजीकरण गर्ने भएपनि सर्वसहमतिबाट नै अन्तिम टुङ्गो लाग्ने स्पष्ट पार्नुभयो ।

मेयर गोल्डकपको उद्घाटन गर्न हेलिकप्टरबाट संखुवासभाको चैनपुर आउनुभएको राईले प्रदेश नम्बर एकले खेलकुदलाई प्राथमिकताका साथ लिएको जानकारी दिनुभयो । विगतमा नेपालको खेलकुद क्षेत्र राजनितिक दलदलमा फसेको बताउनुहुँदै अव त्यस्तो हुन नहुने बताउनुभयो । राज्यले समेत खेलकुद क्षेत्रमा लगानी गर्न नसकेकोले खेल क्षेत्रको विकास हुन नसकेको बताउनुहुँदै त्यसबाट पाठ सिकेर प्रदेश एकले खेलकुद क्षेत्रमा लगानी गर्ने जानकारी दिनुभयो ।

उच्च भुभागमा खेलाईने (हाई अल्टिच्युड) खेलहरुको पनि सम्भाब्यता अध्ययन गरि खेल सञ्चालन गरेर अन्तराट्रिय खेल जगतको पनि ध्यानाकर्षण गरिने उहाँको भनाई छ । हाई अल्टिच्युडको खेल सञ्चालनको लागि प्रदेश नम्बर एक अत्यन्त सम्भावना बोकेको जिल्लाहरु रहेको उहाँले जानकारी दिनुभयो ।

 

सम्बन्धित समाचार