अन्ततः काजमा खटाएको अनमी शिलिचोङमै फिर्ता



सङ्खुवासभा, बैशाख १७ गते । स्वस्थ्य विभागले गण्डकी अञ्चल अस्पताल पोखरा काजमा खटाएको एक अनमीलाई अन्ततः विभागले आफ्नो कार्यक्षेत्र सङ्खुवासभाको शिलिचोङ गाउँपालिका २ बालामा फर्काएको छ । शिलिचोङ जस्तो दुर्गम क्षेत्रका स्वास्थ्य चौकीलाई सुन्य बनाउँदै काजमा खटाएको भन्दै जनप्रतिनिधीहरुले विरोध गरेपछि विभागले अनमिलाई आफ्नै क्षेत्रमा फर्काएको हो ।

एक अनमीको भरमा २४सै घण्टा प्रसुति सेवा दिईदै आएको बाला स्वास्थ्य चौकीमा अनमीलाई अञ्चल अस्पतालमा काजमा खटाएपछि पुर्ण रुपमा प्रभावित बनेको थियो । अनेक प्रयासपछि ल्याईएको स्वास्थ्यकर्मी पनि अन्यत्र पठाईएको भन्दै गाउँपालिकाले उक्त अनमीको तलव सुविधा रोकेको थियो । स्वास्थ्य सेवा प्रभावित बनेपछि गाउँपालिकाको बैठक बसि अर्कै अनमी नियुक्त गर्ने तयारी गरेका थिए ।

स्वास्थ्य विभागले गरेको निर्णय विरुद्धको आफुहरुको आवाज विभिन्न सञ्चार माध्ययमहरुले प्रकाशन तथा प्रसारण गरेर सहयोग गरेकोमा शिलिचोङ गाउँपालिका २ का वडाअध्यक्ष मोहनसंशेर कुलुङले धन्यवाद ज्ञापन गर्नुभएको छ । विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारले स्वास्थ्कर्मी फिर्ता ल्याउन सहयोग पुगेको अध्यक्ष कुलुङको भनाई छ । स्वास्थ्य चौकीमा भएको एक मात्र अनमी विभागले काजमा अन्यत्र पठाएको विषयमा ईमकालु अनलाईनले सवैभन्दा पहिले समाचार प्रकाशन गरेको थियो ।

सम्बन्धित समाचार