पत्रकार महासंघ चुनावः सङ्खुवासभामा कस्को मत कति ?




सङ्खुवासभा, बैशाख २२ गते । पत्रकार महासंघ प्रदेश नम्बर १ को निर्वाचनको क्रममा सङ्खुवासभामा विक्रम लुईटेल नेतृत्वको प्यानलले बर्चश्व जमाएको छ । सनिबार सम्पन्न भएको निर्वाचनमा लुईटेल नेतृत्वको प्यानलले भारि मत प्राप्त गरेका हो ।

जम्मा ४२ मत खसेकोमा अध्यक्षका उमेदवार बिक्रम लुईटेलले ४१ मत प्राप्त गरेका छन् भने उहाका प्रत्यासी गोपाल देवानले एक मत प्राप्त गर्नुभएको छ । प्यानल तर्फका उपाध्यक्ष पदका प्रत्यासी सोमनाथ सुसेलीले ३८ मत प्राप्त गर्दा प्रतिद्वन्दी बिजय खतिवडाले ४ मत प्राप्त गरेका छन् । उमेदवारहरुले पाएको मत परिणाम यस प्रकारका छन्ः

अध्यक्ष
गोपाल देवानः १
विक्रम लुईटेलः ४१

उपाध्यक्ष
बिजय खतिवडाः ४
सोमनाथ सुशेलीः ३८

महिला उपाध्यक्ष
मनिता चाम्लीङः २
स्मीता निरौलाः ३९

महासचिव
कमन देवानः १
बिवेक गौतमः ३८
बदर मतः १

सचिव
हरिकुमार राईः निर्विरोध

सचिव (समावेशी)
बुद्धबीर राईः ३८
सन्तबीर लामाः ३
बदर मतः १

कोषाध्यक्ष
अम्बिका भण्डारीः निर्विरोध

खुल्ला सदस्यहरु
डिल्लीराम खतिवडाःः ३८
फिपराज लिम्बुः ६
बिपेन्द्र गौतमःः ३७
तिर्थ सिग्देलः ३९
शसि कोईरालाः ३५
बुद्धिप्रसाद लामिछानेः ३७

सदस्य मधेसी
ब्रह्मदेव यादवः ३८
जयकृष्ण यादवः ३८
श्यामसुन्दर सुतिहाराः २

पत्रकार महासंघको प्रदेश १ का लागि प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले बिक्रम लुईटेलको नेतृत्वमा संयुक्त प्यानल बनाएर निर्वाचनमा उत्रिएका थिए ।

सम्बन्धित समाचार