अरुण तेश्रो सिलान्यासको तयारी तिब्र



सङ्खुवासभा, बैशाख २९ गते । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा सिलान्यस गर्ने अरुण तेश्रोको तयारी तिब्र पारिएको छ । आज साँझ गरिने सिलान्यासको लागि अरुण तेश्रोको ड्याम साईड निर्माण स्थल फ्याक्सीन्दा दोभानमा सम्पुर्ण तयारी भईरहेको छ ।

काठ्माण्डौबाटै दुवै प्रधानमन्त्री भिडियो कन्फरेन्स सिष्टमबाट सिलान्यास गर्ने तयारी गरिएको छ । जसको लागि लगानी बोर्डका प्रतिनिधी र अरुण तेश्रो परियोजना विकासकर्ता सतलज जल विद्युत निगमका प्रतिनिधीहरु सिलान्यासको अन्तिम तयारी गरिरहेका छन् । ड्याम निर्माण क्षेत्रमा मञ्च भित्र रिमोर्ट सिष्टमबाट खुल्ने पर्दाको ब्यवस्था गरिएको छ भने काठ्माण्डौमा हुने कार्यक्रम प्रत्यक्ष रुपमा हेर्न पाउने ब्यवस्था पनि गरिएको छ ।

कार्यक्रमको सिलान्यास औपचारीक रुपमा साँझ ७ बजे पछाडी गरिने कार्यक्रम तय भएको छ । कार्यक्रममा प्रतिनिधी सभा सांसद राजेन्द्र गौतम, प्रदेश सभा सांसदहरु, तुलसी न्यौपाने, पुर्णप्रसाद राई लगायतका जनप्रतिनिधीहरुको उपस्थिती रहने छ । त्यस्तै, स्थानीय नागरिकहरुको पनि बाक्लो उपस्थिती रहने लगानी बोर्डका प्रतिनीधीहरुले बताएका छन् । कार्यक्रमको सुरक्षाका लागि जिल्लाका तीनवटै सुरक्षा संयन्त्रहरु सक्रिय रुपमा खटाईएको छ ।

सम्बन्धित समाचार