बेसाहाराको साहारा बन्दै ‘तीनजुरे मिडिया ग्रुप’



खाँदबारी एफ एममा सहयोग रकम हस्तान्तरण गरिदै । फोटो: सुरेन शाक्य

सङ्खुवासभा, जेठ १ गते । रोजगारीको क्रममा रहेका युवाहरुको सक्रियतामा बनाईएको समुह तीनजुरे मिडिया ग्रुपले हालसम्म २० जनालाई सात लाख भन्दा बढी बिपन्न तथा असहायलाई सहयोग गरिसकेको छ । २० औं पटक ग्रुपले सङ्खुवासभाका दुई बिरामीहरुलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।

सङ्खुवासभा स्थित खाँदबारी एफ एममा एक कार्यक्रम आयोजना गरि चैनपुर र सभापोखरीका दुई बिरामीहरुलाई जनही पन्ध्र हजार हस्तान्तरण गरेका छन् । मिडिया ग्रुपले सभापोखरी गाउँपालिकाका कबिता विश्वकर्मा र चैनपुर नगरपालिका ७ फलाँटेका ११ बर्षिय रुपा रम्तेललाई सहयोग गरेका हुन् । कविता विश्वकर्मा दुवै मृगौला फेल भएपछि उपचार गराईरहेका छन् भने, रुपा रम्तेल खेल्ने क्रममा पेटमा घोचामा गाडिएपछि रकम अभाववका विच उपचार गराईरहेका छन् । उपचारको क्रममा चरम आर्थिक अभाव भएपछि विरामीका परिवारले आर्थिक सहयोगको याचना गरेका थिए । सहयोगको अपेक्षा गरिएपछि मिडिया ग्रुपले सहयोग रकम सङ्कलन गरेको ग्रुपका सदस्य कृष्ण खत्रीले जानकारी दिनुभयो ।

ग्रुपले ‘सामाजिक कार्यमा सदैब समर्पित’ भन्ने मुल नाराका साथ स्थापित तीनजुरे मिडिया ग्रुपले सम्र्पकमा आएका पिडितहरुको अवस्था हेरी सहयोग गर्दै आएको अध्यक्ष देव बास्कोटाले जानकारी दिनुभयो । उनीहरुले बिरामीहरुलाई मात्र नभएर अग्नी पिडित, विद्यालय, संघसंस्था लगायतलाई पनि सहयोग गर्दै आएको अध्यक्ष बास्कोटाले जानकारी दिनुभयो । डेढ सय जनाको सदस्यता रहेको ग्रुपले हरेक महिना कोही न कोहीलाई सहयोग गर्दै आएको अध्यक्षको भनाई छ । आफ्नो पारिश्रमिकको केही अंश समाजसेवामा खर्च गरे धेरैको जिवन उकासीने समेत अध्यक्ष बास्कोटाले विचार ब्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार