संखुवासभामा पेस्तोल सहित एक जना पक्राउ



राईको साथबाट बरामद गरिएको हात हतियारहरु ।

सङ्खुवासभा, जेठ ३१ गते । खाँदबारी ३ मानेभञ्ज्याङबाट पेस्तोल सहित एक जना पक्राउ परेको छ । बुधबार राती प्रहरी गस्ति टोलीले पेस्तोल सहित सिलिचोङ गाउँपालिका ५ याफुका ३५ बर्षिय केदार राईलाई पक्राउ गरेको हो ।

राई को ३१ प ९५४४ नम्बरको मोटरसाईकलमा खाँदबारी तर्फ आउदै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा एक अटोमेटिक पेस्तोल, दुई वटा म्यागजीन र १४ राउण्ड गोली फेला परेको प्रहरीले जानकारी दिएको छ । राईलाई हातहतियार तथा खरखजना अन्तर्गत मुद्धा दर्ता गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी श्याम सारु मगरले जनाएको छ । राई खाँदबारी ३ स्थित मंगलादेवीमा डेरा गरि बस्दै आएका थिए ।

पक्राउ परेका राई नयाँशक्ति पार्टीका कार्यकर्ता हुन् । गएको स्थानीय तहको निर्वाचनमा सिलिचोङ गाउँपालिका ५ मा वडा अध्यक्षको उमेदवार बनेका थिए ।

सम्बन्धित समाचार