आर्थिक प्रतिवेदनमा त्रुटी भएको खाँदबारी खानेपानी संस्थाद्वारा जानकारी



त्रुटी सहितको आर्थिक प्रतिवेदनको अंश ।

संखुवासभा, असार १ गते । खाँदबारी खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको गत जेठ १७ गते आयोजना गरिएको दोश्रो साधारण सभामा प्रस्तुत भएको आर्थिक प्रतिवेदन त्रुटीपुर्ण भएको बताएको छ । शुक्रबार जिल्ला समन्वय समिति स्खुवासभाको हलमा पत्रकार सम्मेलन आयोजना गरि लेखा परिक्षण शिर्षकमा खर्चको बिवरणमा त्रुटी भएको बताएका हुन् ।

सो साधारणसभामा संस्थाका सचिव डिल्ली श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनको आर्थिक बर्ष ०७०/७१ को महलमा २९ लाख ४१ हजार ३ सय ६० रुपैयाँ खर्च भएको देखाईएको थियो । तर सो आर्थिक बर्षमा लेखा परिक्षण खर्च भनेर नछुटाईएको र कर्मचारी तलव भन्ने शिर्षकमा छुटाईएको रकमले लेखा परिक्षण पनि गराईएको संस्थाका अध्यक्ष नरेन्द्र कुमार राईले जानकारी दिनुभयो ।

प्रतिवेदन तयार गर्नुअघि कार्यालयका लेखापाल र कोषाध्यक्षले राजिनामा दिएकोले छोटो समयको लागि जनशक्ति खटाई प्रतिवेदन तयार गर्न लगाउँदा त्यस्तो त्रुटी भएको खानेपानी तथा सरसफाई संस्थाले स्वीकारेको हो । अघिल्लो कोलमबाट कपी गरेर पेष्ट गर्ने क्रममा जस्ताको त्यस्तै कपी भएर बस्दा त्रुटी हुन गएको संस्थाका सविच डिल्ली श्रेष्ठले जानकारी दिनुभयो ।

जस्ले तयार पारेको भएपनि हामीले भेरिफाई गरेर मात्र प्रस्तुत गर्नु पर्ने थियो यसमा हामीले गल्ती गरेका छौं, अवदेखि यस्ता कुरामा सचेत बनेका छौं श्रेष्ठले भन्नुभयो । यो सँगै अन्य आमदानी र खर्चको महलमा पनि केही त्रुटी भएकोले आफुहरुले सच्याएको जानकारी दिनुभयो । यस विषयमा विभिन्न सञ्चार माध्ययममा समाचार आएपछि चर्चाको विषय बनेको थियो ।

यसै विच, मांसिमा खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएपनि ब्यवस्थापनमा समस्या रहेको सञ्चारकर्मीहरुलाई बताएका छन् । मुहानबाट खाँदबारीसम्म पर्याप्त पानी आएपनि उपयुक्त स्थानमा ट्या्की निर्माण गर्न नसक्दा बजार क्षेत्रमा पानी वितरण गर्न समस्या भईरहेको संस्थाका अध्यक्ष नरेन्द्रकुमार राईले जानकारी दिनुभयो । खाँदबारी बजार क्षेत्रको लागि आर्मी क्याम्पमा ट्यांकी निर्माण गर्न नदिएपछि समस्या रहेको अध्यक्ष राईको भनाई छ । तर यसको लागि पनि दिर्घकालिन समाधान खाजिने उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार