चोक चोकमा क्यरेम र लुडो खेल्न दिन्नः मेयर मुरारि खतिवडा




संखुवासभा असार १०, संखुवासभा खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले खूल्ला स्थानमा क्यारेम र लुँडो खेल्न नदिने बताएका छन् । आईतबार खाँदबारी नगर पालिकामा भएको नगर बाल भेलामा बोल्दै खतिवडाले क्यारेम खेल्न नदिने भनेका हुन ।

यो काममा सबैको सहयोग चाहिने र युवा वर्गले साथ दिएमा यो योजना सफल हुने पनि बताए । खुल्ला स्थानमा वा बजारको बिचमा, पसल अगाडि बाजी राखेर क्यारेम खेल्दा युवाहरुको भोलिको भविष्य अन्धाकार हुने भएकोले अव खूल्ला स्थानमा क्यारेम खेल्न र लुँडो खेल्न नदिने भनेका हुन् । क्यारेम र लुँडो खेल्दा सामान्या मात्र नभई जुवा र तासमा जस्तो डिपो वा बाजी राखी खेल्ने भएकोले बजारमा विकृति छाईरहेको र युवाहरु पनि आफ्नो काममा भन्दा पनि क्यारेम र लुँडोमा व्यस्त रहन थालेकाछन् ।

यहि क्रम चलिरहने हो भने युवाहरुको ध्यान समाजमा र बिकासका काममा नजाने र नगरपालिकाको भविष्या माथि अन्योल रहने भएकोले यो विकृतिलाई हटाई नगरपालिकालाई बिकास तर्फ लैजाने खतिवडाले बताए ।

बजारको, गाँउको, समाजको, नगरको र सिंगो देशको बिकाशमा युवाको ठुलो भुमिका रहने भएकोले युवाहरु यस्ता क्यारेम, लुँडो, चेस जस्ता भुलिने खालका र समाजमा, बजारमा विकृति आउने खालका खेलहरु खुल्ला स्थानमा वा सार्वजनिक स्थानमा खेल्दा नगरको मात्र नभई देशको नै भबिष्य माथि अन्योल हुन्छ । युवाहरु बोलिका दिनमा देशको लागि अत्यन्तै महत्वपुर्ण भएको हुनाले यस्तो खालको खेलहरु खेल्न नदिने खतिवडाले बताए ।

सम्बन्धित समाचार