टुटेदेउराली–मुडे सडकका ठेकेदारलाई अब छोडिन्नः सांसद गौतम




सङ्खुवासभा, असार २४ गते । प्रतिनिधी सभा सदस्य राजेन्द्र गौतमले संखुवासभा प्रवेश मार्ग अन्तर्गतको टुटे देउरालीदेखी मुडेसम्मको बाटो निर्माणको ठेकेदारलाई अव माफी नदिने बताउनुभएको छ । सनिबार खाँदबारीमा रिपोर्टस क्वल संखुवासभाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा बोल्नुहुँदै सांसद गौतमले ठेकेदारको लापरबाहीको कारण पटक पटक समय थप्दै आएपनि यस पटक कुनै हालतमा समय नथपिने बताउनुभएको हो । अन्तिम पटक थपिएको समय आगामी भदौमा सकिदा सम्ममा ठेकदारले कुनै हालतमा सम्पन्न गर्न लगाएको जानकार दिनुभयो । यदि सम्पन्न गर्न नसके ठेक्का छोडेर जानु पर्ने र अर्कोलाई काम गर्न लगाईने उहाँले जानकारी दिनुभयो । यस खण्डमा याक्थुमहाङ निर्माण सेवाले ठेक्का लिएर काम गर्दै आएको थियो । टुटे–मुडे सडक खण्डको दश किलो मिटर सडक बन्न नसक्दा आवतजावतमा यात्रुहरुले निक्कै सास्ती ब्यहोर्न बाध्य छन् ।

पत्रकार सम्मेलनमा सांसद गौतमले जिल्लामा हुन लागेका विकास गतिविधहरुको बारेमा पनि जानकारी गराउनुभएको थियो । संखुवासभा जलस्रोतको अत्यन्त सम्भावना भएकोले थुप्रै नदिहरुको डिपिआर तयारी भईरहेको जानकारी दिनुभयो । माथिल्लो अरुण, तल्लो अरुण, माथिल्लो संखुवा, तल्लो संखुवा लगायतका नदिबाट निस्कने विद्युतको डिपिआर धमाधम तयारी भईरहेको गौतमले जानकारी दिनुभयो । डिपिआर तयारी भईसकेपछि कस्को लगानीमा कहिले विद्युत बन्ने भन्ने बाटो खुल्ने बताउनुभयो ।

तुम्लिङटार हेलुवाबेँसीको सडक निर्मार्णको सर्वेको लागि पनि आवश्यक बजेट छुटिएकोले अव चाँडै काम सुरु हुने जानकारी दिनुभएको छ । हेलुवा बेँशीदेखि भोजपुरको बुम्लीङ तर्ने अरुण नदिको पुल पनि आफुहरुको प्राथमिकतामा रहेको उहाँले जानकारी दिनुभयो । एकै पटकमा सवै काम गर्न नसकिने भएकोले कतिपय योजनाहरु क्रमागत रुपमा अगाडी बढाईने सांसद गौतमले स्पष्ट पार्नुभयो ।

सम्बन्धित समाचार