चैनपुर नगरपालिकाको बाईक खरिद गर्ने निर्णय रद्ध




चैनपुर, असार २७ गते । चैनपुर नगरपालिकाको असार ५ गतेको कार्यपालिकाको बैठकले वडा अध्यक्षहरुको नाममा खरिद गर्ने भनेर गरेको निर्णय बदर गरेको छ । नगरपालिकाका मेयर भरत खत्रीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय रद्द गरेको हो ।

नगरपालिकाका उपमेयर मुना श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले एक सय ५० सिसिको बाईकको मुल्यमा ७० प्रतिशत नगर कोषको अनुदान, बाँकी ३० प्रतिशत सम्बन्धीत वडाअध्यक्षहरुको लगानीमा अध्यक्षहरुकै नाममा खरिद गर्ने निर्णय गरिएको थियो । उक्त निर्णयको सर्वत्र आलोचना पछि मेयर खत्रीले सो निर्णयलाई बदर गरेका हुन् । न्युज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँगमा भएको प्रत्यक्ष टेलिफोन वार्तामा कार्यपालिकाको बैठकले गलत निर्णय गरेको र त्यसलाई कुनै हालतमा कार्यन्वयन हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

चैनपुर नगरपालिकामा ११ वटा वडाहरु छन् । प्रत्येक वडाका अध्यक्षहरुलाई बाईक खरिदको नाममा हुन लागेको लाखौ रुपैयाँ रकमको दुरुपयोग हुनबाट बचेको स्थानीय नागरिकहरुको भनाई छ ।

सम्बन्धित समाचार