पत्रकार महासंघको भवन दुई बर्ष भित्र बन्छः सांसद गौतम




संखुवासभा, असार २९ गते । प्रतिनिधी सभा सदस्य एवं संघिय सांसद राजेन्द्र गौतमले पत्रकार महासंघ संखुवासभालाई भवन निर्माण गरिदिने प्रतिवद्धता जनाउनुभएको छ । पत्रकार महासंघ संखुवासभाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्नुहुँदै सांसद गौतमले यस्तो प्रतिवद्धता ब्यक्त गर्नुभएको हो ।

सांसद गौतमको स्वागत कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरीले अन्य जिल्लामा पत्रकार महासंघको भवन निर्माण भईसकेको तर संखुवासभामा भने अहिलेसम्म केही हुन नसकेको भन्दै सहयोग गर्न अनुरोध गर्नुभएको थियो । महासंघ अध्यक्ष गिरीको अनुरोध पछि बोल्नुहुँदै महासंघले जग्गाको ब्यवस्था गरे दुई बर्ष भित्र भवन निर्माण गरिदिने प्रतिवद्धता ब्यक्त गर्नभएको हो । ‘जग्गा खरिदको लागि हामीले बजेट हाल्न मिल्दैन, तपाईहरु कतैबाट जग्गा ब्यवस्था गर्नुहोस, दुई बर्ष भित्र भवन बनाउने जिम्मा मेरो’, सांसद गौतमले भन्नुभयो ।

फरक प्रसंगमा बोल्नुहुँदै सांसद गौतमले अरुण तेश्रो कुनै हालतमा बन्नु पर्ने विचार ब्यक्त गर्नूभएको छ । कुनै कारणले बन्न नसके माथिल्लो अरुण, किमाथाङ्का अरुण, तल्लो अरुण लगायतको निर्माणमा असर पुग्ने बताउभएको छ । अरुण तेश्रोको पिडिएमा उल्लेख गरिएको ब्यवस्था कार्यन्वयन हुन नसकेको गुनासो सुनिन थालेको बताउनुहुँदै पिडिएको अक्षरस कार्यन्वयनको पक्षमा जिल्लाका पत्रकारहरुले कलम चलाउन समेत उहाँले आग्रह गर्नूभएको छ ।

सम्बन्धित समाचार