सिलिचोङ गाउँपालिकाको बजेट २५ करोड, भौतिक पुर्वाधारलाई प्राथमिकता




सङ्खुवासभा, असार ३२ गते । सिलिचोङ गाउँपालिकाले आर्थिक बर्ष ०७५÷७६ को लागि २५ करोड ५९ लाख ३२ हजार चार सय १३ रुपैयाँको बजेट पारित गरेको छ । सोमबार साँझ गाउँसभाले निति तथा कार्यक्रम प्रस्तुत गर्दैै सो वजेट पारित गरेको हो ।

उक्त रकम मध्ये चालु तर्फ २ करोड ६८ लाख २० हजार रहेको छ भने पुजीगत तर्फ ९ करोड ९८ लाख ४८ हजार दुई सय ५० रुपैयाँ रहेको छ । सिलिचोङ गाउँपालिकाको लागि संघिय सरकारबाट ससर्त अनुदान तर्फ ९ करोड ५१ लाख, राजश्व बाँडफाड तर्फ तर्फ ४ करोड ८८ लाख र वित्तिय समानीकरण तर्फ ९ करोड ९८ लाख रुपैयाँ प्राप्त भएको थियो । त्यस्तै, प्रदेश सरकारको वित्तिय समानीकरण वापत ३३ लाख १५ रुपैयाँ प्राप्त भएको थियो । आन्तरिक श्रोतमा जम्मा भएको २९ लाख ६४ हजार ५३ रुपैयाँ र अघिल्लो बर्षको बचत रकम १ करोड ६२ लाख ५६ तीन सय ६० रुपैयाँ पनि यसै बजेटमा समावेश गरिएको सिलिचोङ गाउँपालिका प्रमुख रामबहादुर कुलुङले जानकारी दिनुभयो ।

बजेटमा गाउँपालिकाले भौतिक पुर्वाधारको क्षेत्रमा सवैभन्दा धेरै लगानी गरेको छ । पाँच वटा वडाहरु रहेको गाउँपालिकामा ६० प्रतिशत भन्दा बढी भौतिक पुर्वाधारको क्षेत्रमका वजेट विनियोजन गरिएको छ । त्यस मध्ये पनि सडक निर्माणलाई प्राथमिकता दिईएको छ । गाउँपालिका केन्द्रदेखि प्रत्येक वडा जोड्ने सडक अनिवार्य बनाउने भन्द्र त्यस क्षेत्रमा बढी बजेट छुटाईएको छ ।

सम्बन्धित समाचार