भोजपुर सदरमुकाममा सिसि क्यामेरा जडान



भोजपुर, साउन ३ गते । भोजपुर अपराधिक क्रियाकलप कम गर्न सदरमुकाममा सिसि क्यामेरा जडान गरिएको छ । भोजपुर नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय भोजपुरको पहलमा सदरमुकाममा सिसि क्यामेरा जडान गरिएको हो ।

भोजपुरको चार भञ्ज्याङ्ग देखि जिरो प्वाइन्टसम्म विचविचमा सिसि क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका कार्यालय प्रमुख प्रहरी उपरिक्षक केशव थेवेले बताए । उक्त सिसि क्यामेरा भोजपुर नगरपालिकाका प्रमुख मेयर कैलाश कुमार आलेले औपचारिक रुपमा उद्धघाटन गरेका छन् । सिसि क्यामेरा उद्घाटन गर्दै मेयर आलेले भोजपुर नगरपालिकालाई स्र्माट सिटि बनाउँने सोचका साथ उक्त सिसि क्यामेरा जडान गरिएको बताएका छन् । नगरको बजार आगालागिको खतरा भएकाले वजारको विचविचमा फायर ग्यास समेत राख्न लागेको बताएका छन् । उनले भने ‘सिसि क्यामेरा जडान पछि प्रहरीलाई सहज भएको छ । सिसि क्यामेराले भ्याउने स्थानमा प्रहरीले डिउटी नगरी कन सिसि क्यामेरा नभएको ठाउँमा डिउटी बाक्लो बढाउनु पर्छ उनले भने ।’ आलेले सिसि क्यामेरा २४ घण्टा सञ्चालन हुने वातावरण मिलाउने प्रतिबद्धता समेत व्याक्त गरेका छन् ।

यस्तै कार्यक्रममा भोजपुरका प्रमुख जिल्ला अधिकारी हिरा देवि पौडेलले प्रविधि भन्दा पनि प्रवृतिमा सुधार ल्याउनु पर्ने बताएकी छिन् । अधिकांश मानिषहरुका घर भित्र नै हिंसात्मक घटना घटिरहेकाले प्रविधि भन्दा प्रवृतिनै सुधार गरी सचेत गराई इमान्दारी बन्नु पर्नेमा जोड दिईन् । उनले अन्य साना बजारहरुमा पनि सिसि क्यामेरा जडान गर्नु पर्ने बताएकी छिन् ।

यस्तै कार्यक्रममा वोल्दै नेपाली कांग्रेस भोजपुरका पार्टी सभापति नन्दमनी राईले नगरपालिका एक स्टेप नयाँ यूगमा प्रवेश गरेको बताएका छन् । राईले जनताको सुरक्षाका लागि विज्ञान र प्रविधिसंसंगै अघाडी बढ्नु पर्ने बताए । उनले वजार आगालागिको खतरा वढि भएकाले फायर ग्यास र ठाउँठाउँमा पोखरी समेत बनाउनु पर्ने बताए ।

यस्तै कार्यक्रममा नेकपा माओवादीको तर्फवाट प्रेम कार्कीले सुरक्षाको हिसावले वजारमा सिसि क्यामेरा जडान गर्नु नगरपालिकाको प्रशंशानिय काम रहेको बताएका छन् । उनले यस बजारमा मात्र नभई देउराली पानिट्याङ्गकीमा पनि सिसि क्यामेरा जडान गर्न आग्रह गरेका छन् । कार्यक्रमा भोजपुर नगरपालिकाका प्रशासकिय अधिकृत राजेश गिरी, भूसंरक्षण कार्यालयका कार्यालय प्रमुख संजय मिश्र, विभिन्न कार्यलयका कार्यलय प्रमुख, नगरिक समाज, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

सेतो कलम डट कमबाट

सम्बन्धित समाचार