सनराईज बैंकको ९० औं शाखा धनकुटामा




धनकुटा, साउन ७ गते । सनराइज बैंक लिमिटेडले आफ्नो ९० औ शाखा धनकुटामा बिस्तार गरेको छ । ९० औ शाखा को रुपमा धनकुटा नगरपालिका वडा नं ७ मा स्थापना गरिएको बैकको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग र बैंकका वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारीले संयक्त रुपमा बैंकको शाखा उद्घाटन गर्नुभएको थियो ।

शाखाको स्थापनासंगै आफ्ना ग्राहकलाई सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देथ्य लिएको जनाईएको छ । राष्ट्र बैंकको निती एवं बंकको उद्देश्य अनुसार मुलुकका सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउन बैंकले ९० शाखा, २२ शाखारहित बैंकिङ्ग सेवा चार एक्सटेन्सन काउण्टर र एक सय दुई ओटा एटिएम मार्फत आफ्ना चार लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको धनकुटाका शाखा प्रबन्धक दिनेश अधिकारीले बताउनुभयो ।

सम्बन्धित समाचार