चैनपुर अदालतद्वारा ७१ प्रतिशत मद्धा फर्स्योट



सङ्खुवासभा, साउन ८ गते । सङ्खुवासभा जिल्ला अदालत चैनपुरले आर्थिक वर्ष २०७४/७५ मा ७१ दमलब ८८ प्रतिशत मुद्धा फर्छौट गरेको छ । गत आर्थिक वर्षमा ४ सय ४१ थान मुद्धा दर्ता भएकोमा ३ सय १७ थान मुद्धा किनारा लागेको हो ।

अदालतमा गत आर्थिक वर्षमा ३८ वटा जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको थियो । जबरजस्ती करणी उद्योगको मुद्धा फैसला हुँदा ११ वटा मुद्धामा पिडकलाई ५ देखि ११ वर्ष कैद र पिडितलाई २० हजार देखि १ लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराएको छ । त्यसैगरी सोही मुद्धामा ५ जनाई ३ वर्ष देखि ५ वर्ष सम्म कैद पैmसला गरिएको छ । १९ वटा मुद्धाले सफाई पाएका छन् भने बाँकी मुद्धा चलिरहेको छ ।

सम्बन्ध विच्छेद गरी अंश दिलाई पाउँ भनि ९३ थान मुद्धा दर्ता भएका थिए । अंश दर्ता, दपोट, चलन मुद्धामा ५४, लेनदेनमा ३८, दर्ता बदर, पैmसला बदर, अंश भरपाई बदर, लिखित बदरमा ३४ थान मुद्धा दर्ता भएका थिए । कर्तव्य र सवारी ज्यान मार्ने उद्योगमा २७, सरकारबादी फौजदारीमा २६, जग्गा कब्जा खिचलोमा २२, किर्ते जलसाँजमा २० कटुपिटमा १६ र अन्य देवानीमा २६ वटा मुद्धा दर्ता भएका थिए । गत आर्थिक वर्षमा ११ थान मुद्धा फैसला हुन सकेको थिएन । १८ महिना भित्र मुद्धा पैmसला हुनु पर्ने भए पनि केही मुद्धा विभिन्न कारण फैसला हुन सकेको छैन ।

मेलमिलाप गर्न सकिने ५३ मुद्धा मध्ये ११ थान मुद्धा मेलमिलाप गरिएको जिल्ला न्यायधिस प्रकाश राउतले जानकारी दिनुभयो । मुद्धा पैmसलाको क्रममा हारजित हुने र हारजितले छरछिमेक र समाजमा अझ द्वन्द्व सृजना गर्ने भएकाले मेलमिलाप गर्न सकिने मुद्धालाई मेलमिलापको माध्ययमबाट समाधान गरिएका राउतको भनाई छ । अन्य मुद्धा मेलमिलापको प्रतिवेदन प्राप्त हुन बाँकी र मेलमिलापको क्रममा रहेको उहाँले स्पष्ट पार्नुभयो ।

जिल्ला अदालतले अहिले अदालतको कामकारवाहीमा दोभाषे सेवाको प्रयोग सम्बन्धी निर्देशिका २०७२ बमोजिम अंग्रेजी सहित ११ भाषाका दोभाषे राखेको छ । जसमा भोटे, कुलुङ, लिम्बु, शेर्पा, याख्खा, नेवारी, राई (थुलुङ, लोहोरुङ) मैथिली तथा हिन्दी, तामाङ र मगर भाषाका दोभाषे राखिएको छ । मुद्धा पैmसलाका क्रममा भाषिक समस्या नहोस भनेर दोभाषे राखिएको अदालतले जनाएको छ ।

सम्बन्धित समाचार