पुर्व जिबिस सभापती भैरुङ धर्चे भोटेको निधन




सङ्खुवासभा, साउन ८ गते । सङ्खुवासभाको पुर्व जिल्ला विकास समिति अध्यक्ष भैरुङ धर्चे भोटेको मृत्यू भएको छ । भोटको ७३ बर्षको उमेरमा काठ्माण्डौमा बुधबार विहान मृत्यू भएको हो ।

भोटखोला गाउँपालिका २ चेपुवाका भोटेले जिल्ला सभापतिमा २०५२ सालदेखि करिब डेढ बर्ष कार्यभार सम्हालेका थिए । भोटेले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै सभापतिमा निर्वाचित भएका थिए । गत आईतबार एकासी फोक्सोमा समस्या देखिएपछि काठ्माण्डौको भेनस हस्पिटलमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा बुधबार बिहान पौने ११ बजे निधन भएको उनका छोरा वाङ्डुक भोटेले जानकारी दिनुभयो ।

यसै विच भोटेको निधनपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालय र जिल्ला कार्य समिति सङ्खुवासभाले शोक विज्ञाप्ती जारी गरेको छ । जिल्ला सभापति दीपनकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेपाली कांग्रेसका अग्रज नेता तथा महाधिवेसन प्रतिनिधी समेत रहेको भोटेका निधनले कांग्रेस सङ्खुवासभालाई अपुरणीय क्षति पुगेको उल्लेख गरिएको छ । एक सच्चा, ईमानदार, राष्ट्रियता, लोकतन्त्र र समाजवाद प्रति निष्ठावान नेता गुमाउने परेको विज्ञप्तीमा भनिएको छ ।

भोटेको सम्मानमा जिल्ला कार्य समितिको कार्यालय, भात्रृसंघ संस्थाको कार्यालय बिहिबार बन्द गर्ने, बिहिबारदेखि सनिबारसम्म झण्डा आधा झुकाउने र कार्यालय अगाडी शोक पुस्तिका राख्ने जानकारी गराईएको छ ।

सम्बन्धित समाचार