रेवत राई र चन्द्रकलाको गीत ‘आज मेरो मायालु’ चर्चामा (भिडियो सहित)




काठ्माण्डौ । चर्चित गायक रेवत राई र गायिका चन्द्रकला राईको “आज मेरो मायालुले” बोलको गीत पछिल्लो समय चर्चामा छ । गीतलाई हालै हाईलाईटस नेपाल युटुब च्यानलबाट बजारमा ल्याईएपछि धेरैको मुखमा झण्डिएको छ ।

यस गीतको शब्द रचना र संगीत दिपक शर्माले गरेका हुन् । साधनामा विश्वास गर्ने गायक रेवत राईको सयौ गीतहरु बजारमा आईसकेका छन् भने, युके, हंगकंग लगायत थुप्रै देशहरुमा सांगीतिक यात्रा गरिसकेका छन् । खोटाङ्ग तारामा उप विजेता बन्दै खोजि प्रतिभा २ मा फाईनलिस्ट बनेका गायक रेवत राईको यो पछिल्लो समयमा सार्वजनिक गीत हो ।

उनको स्वरलाई युवा पुस्ताले धेरै रुचाउने गरेका छन् । गायिका चन्द्रकला राईको पनि थुप्रै लोक आधुनिक गीतहरु बजारमा आईसकेका छन् । “सुनकोशीको छेउ” बोलको राजेश पायल राई र चन्द्रकला राईको स्वरमा रहेको लोकआधुनिक गीत धेरैको मानस्पटलमा बस्न सफल गीत हो । सार्वजनिक गीतको एरेन्ज भने रिकेश गुरुङले गरेका हुन् ।

यो गीतको म्युजिक भिडियोमा पुष्प खड्का र मिरा कार्कीले अभिनय गरेका छन् । मोडेल पुष्प खड्का पछिल्लो समयका निक्कै व्यस्त कलाकार हुन् भने मिरा कार्की पनि दर्शकको रोजाईमा पर्ने कलाकार हुन् ।

सार्वजनिक म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन, सुप्रिम पराजुलीले भिडियो सम्पादन गरेका हुन् भने उक्त म्युजिक भिडियोको कोरियोग्राफ गम्भीर विष्टले गरेका छन् । सार्वजनिक म्युजिक भिडियोको निर्देशन भने नवल नेपालले गरेका हुन् ।

सम्बन्धित समाचार