सरकारको अधिनायकवाद टुलुटुल हेरेर बस्दैनौः संखुवासभा कांग्रेस




संखुवासभा, साउन १५ गते । नेपाली कांग्रेस सङ्खुवासभाले बर्तमान सरकारले जनचाहना विपरित काम गर्दै आएको भन्दै खाँदबारीमा विरोध सभाको आयोजना गरेको छ । कांग्रेस नेता तथा कार्यकर्ताहरुको विरोध र्यालीले खाँदबारी बजार परिक्रमा गरेको छ ।

बिरोध सभालाई नेपाली कांग्रेसका नेताहरु उमेश चौहान, थलकुमार लिङ्खा, रामबहादुर बस्नेत, संकरमान कँडेल, कुमार बाबु, ज्ञानबहादुर कार्की, दीपक लिम्बु, मुक्तिसिं राई लगायतले सम्बोधन गरेका छन् । त्यस्तै, पुर्व सांसदहरु पासाङ शेर्पा, टंकप्रसाद राई र पुर्व खानेपानी राज्यमन्त्री दीपक खड्काले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए । संखुवासभापति दीपन कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित विरोध कार्यक्रमका बक्ताहरुले सरकारले आफ्नो बाटो बिराउन थालेको आरोप लगाएको छ । देशलाई समृद्धि तर्फ लैजानु पर्नेमा शक्तिको दम्भ देखाएर अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । बहुमत हुँदैमा सरकारले जेसुकै गर्न पाउछ भन्ने भ्रम अहिलेको सरकारमा रहेको र त्यो उनीहरुको लागि पनि घातक रहेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सांसद पासाङ शेर्पाले जन्मकैदको सजाय सुनाईएको बालकृष्ण ढुङ्गेललाई जेलमुक्त गराउनु, हरेक क्षेत्रमा ठुलो अन्तरले कर बढाउनु जस्ता कार्यहरुले अहिलेको सरकारको अहमता छर्लङ्ग देखाएको बताउनुभएको छ । निर्वाचनको समयमा गाउँगाउँमा फ्रि वाईफाईको नारा बोकेर भोट मागेको सरकारले आफ्नो वाचा पुरा गर्नुको साटो कर बढाएर सुचनाको पहुँचबाट टाढा बनाएको आरोप लगाउनुभयो । ओली नेतृत्वको सरकार गलत दिसामा हिड्न लागेकोले आफुहरुले कुशल प्रतिपक्षको भुमिका निर्वाह गरेको अर्का पुर्व सांसद टंकप्रसाद राईको भनाई छ ।

पुर्व खानेपानी राज्यमन्त्री दीपक खड्काले यस अघिको नेपालको राजनितिक घटना क्रम पुन स्मरण गर्न सरकार प्रमुखले आग्रह गर्नुभयो । नेपालको राजिनितिमा कांग्रेसको योगदान विर्सन नुहने भन्दै कोहीसँग कांग्रेस नडग्ने बताउनुभयो । राणा र राजालाई समेट घुँडा टेकाउन सक्ने कांग्रेसको ईतिहास उल्लेख गर्दै अहिलेको सरकारले पनि पौथे जोडी नखोज्न आग्रह गर्नुभयो । सरकार राम्रो बाटोमा हिडेर जनपक्षिय काम गरे सधैं सरकारलाई सहयोग गर्ने बताउनुभयो । तर जनताको चाहना विपरित देशलाई गलत दिशा तर्फ लैजान खोजे अहिलेको सरकारलाई घुँडा टेकाउने क्षमता रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका जिल्ला सभापति दीपन कुमार श्रेष्ठले अघिल्लो देउवा नेतृत्वको सरकारले गरेको निर्णय कार्यन्वय गर्नुको सट्टा खारेज गर्दै गरेकोमा कांग्रेसको आपत्ती रहेको बताउनुभयो । ६५ बर्ष माथिका जेष्ठ नागरिकहरुलाई दिईने भनिएको बृद्धभत्ता, दिर्घरोगीलाई पाँच हजारका दरले दिने भनिएको भत्ता लगायतका निर्णयहरु अविलम्ब कार्यन्वयन गर्न माग गर्नुभयो ।

सम्बन्धित समाचार