अञ्जुको ‘सोह्र श्रृंगारमा छपक्कै भएर’को म्युजिक भिडियो बजारमा (भिडियो सहित)



ईटहरी । हिन्दु नेपाली नारीहरुको महान चाड तिज नजिकिए सँगै पुर्वेली लोक गायिका अञ्जु गौतमले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायिका गौतमले “ सोह्र श्रृंगार ” बोलको गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरेका हुन् ।

ईटहरी र आसपासका दृश्यहरु समेटेर बनाईएको गीतको भिडियो गायीका गौतमको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गीता भट्टराईको शब्द संगित र पुर्बाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोको संगीत संयोजनमा रहेको सो गीतमा गायिका गौतम सवंयले अभिनय गरेकी छिन । बिगत एक दशकदेखि इटहरीलाई कर्मथलो बनाएर उनी गीतसंगीतको क्षेत्रमा क्रियाशिल छिन । उनले ८ ओटा एल्बम मार्फत करिब डेढ सयको संख्यामा गीतहरु गाएकी छिन ।

हरेक चार्डपर्वको माहोलमा सांगीतिक कोशेली दिदै आएका गौतमले यस बर्षको तिजको अवसरमो यो गीत बजारमा ल्याएका हुन् । उनले लोकगीत, पुर्वेली, लोक आधुनिक, भजन, तिहार गीतहरुमा स्वर दिएकी छिन ।

हेरौ गीतको म्युजिक भिडियो

सम्बन्धित समाचार