बाढीले बगाएको विद्युत पुनः निर्माणमा जुट्दै याङ्सीजुङवासीहरु




सङ्खुवासभा, साउन १९ गते । साउन ४ गते चैनपुर नगरपालिका १ याङसेजुङमा रहेको निदुवा खोला लघु जलविधुत् आयोजना बाढीले बगाएको थियो । बाढीले तहस नहस बनाएको उक्त लघु जलविद्युतको पुनः निर्माणमा उपभोक्ताहरु जुटेका छन् ।

बाढीले विद्युत बगाउनुका साथै महत्वपुर्ण उपकरणहरु बगाएर पुरै गाउँ अन्धकार बनेपछि दैनिक डेढ सय जना उपभोक्ताहरु श्रमदानमार्फत पुनः निर्माणमा लागेका हुन् । जलविधुत् अयोजना बाट १ सय २३ घर धुरी लावन्वित थिए । १४ किलोवाट विधुत् उत्पादन गदै आएको लघु जलविधुत् भारीवर्षा पछि आएको बाढीले क्षति पु¥याएपछि विद्युत अवरुद्ध भएको थियो । उक्त विद्युत मर्मतको लागि दैनिक डेढ सय बढी उपभोक्ताहरु श्रमदानमा जुटेका छन् । उक्त लघु जलविद्युतबाट १ सय २३ घर धुरी लावन्वित हुँदै आएका थिए । लघुजलविधुत् आयोजना बगाउँदा करिब ४५ लाख रुपैयाँको क्षति भएको उपभोत्ता साङ्गे शेर्पा बताउँन् । स्थानीयको लगानीमा मात्र पुनःनिर्माण सम्भव नहुने भएकोले अन्य निकाय संग सहयोगको अपेक्षा रहेको शेर्पा बताउछन् ।

२०६७ सालमा विधुत् उत्पादन भएपछि कुनै पनि दिन लोडसेडिङको अनुभव नगरेका स्थानीय बाढीले विधुत् गृह बगाए पछि विधुत् विहिन बनेका हुन् । बाढीले विधुत् गृह, एलसी वोर्ड, टर्वाईन, जनेरेटर लगायतका उपकरणहरु पुरिएपछि अहिले काम नलाग्ने अवस्थामा उत्खनन गरि निकालिएको विद्युत आयोजनाका पुर्व अध्यक्ष लक्ष्मीकुमार लिम्बुले बताउनुभयो । तत्काल विधुत् सञ्चालनका लागि करिब १० लाख रुपैयाँ भए अस्थायी रुपमा विजुली प्रयोगमा ल्याउन सकिने लिम्बुको भनाई छ ।

सम्बन्धित समाचार