रुद्राक्षको कृतिम स्वरुपको विषयमा ब्यावसायी विच नै बिवाद




सङ्खुवासभा, साउन २४ गते । रुद्राक्षको प्राकृतिक स्वरुप विगारेको विषयमा रुद्राक्ष ब्यवसायी विचन बिवाद सुरु भएको छ । ब्यावसायी संघले रुद्राक्षको प्राकृतिक स्वरुप विगार्न प्रतिबन्ध लगाएपनि केही ब्यवसायीहरुले सो निर्णयको उल्लङघन गरेपछि बिवाद सुरु भएको हो ।

चैनपुर नगरपालिकाको खराङ र लोहाकोटमा क्लीपको सहायताले बोटमै रुद्राक्ष चेप्टाएको खबर पाएपछि ब्यावसायी संघका पदाधीकारीहरु स्थलगत अनुगमनमा गएका थिए । स्थलगत अनुगमन गर्न पुगेको ब्यावसायी संघका पदाधीकारीहरुले केही क्लीप जफत समेत गरेका छन् । प्रहरी टोलीसँग अनुगमनमा पुगेको संघका पदाधीकारीहरुले रुद्राक्षको बोटमा लगाएको क्लीप जफत गरेपछि केही समय बिवाद सिर्जना भएको थियो । क्लीप लगाउने ब्यवासायीहरुले खेर जाने रुद्राक्षलाई सहि आकार दिएर विक्रि गर्नु राम्रो भन्ने तर्क राख्ने गरेका छन् भने ब्यावसायी संघले प्राकृतिक आकार विगार्दा रुद्राक्षको बजार खस्किने बताउने गरेका छन् ।

केही बर्षदेखि यता रुद्राक्षकोे स्वरुप विगारेपछि यसको नकरात्मक प्रभाव देखा पर्न थालेको रुद्राक्ष ब्यवसायी संघ सङ्खुवासभाका अध्यक्ष चक्र विसुङ्केको भनाई छ । कृतिम स्वरुपमा रुद्राक्ष उत्पादन हुन थालेपछि राम्रो गुणस्तरको रुद्राक्षलाई पनि ब्यापारीले राम्रो मुल्य तिर्न छोडेको विसुङ्केले बताउनुभयो । नेपालमा सबैभन्दा गुणस्तरिय रुद्राक्ष उत्पादन हुन थालेपछि यसको भविश्य विगार्नको लागि तेश्रो ब्यक्ती वा शक्तिले खेल खेल्न थालेको पनि हुनसक्ने विसुङ्केको दावी छ ।

केही बर्षदेखि यता चिनिया ब्यापारीहरु मार्फत नेपाली ब्यावसायीहरुले रुद्राक्षको स्वरुप विगार्दै आएको रुद्राक्ष ब्यवसायी संघले जनाएको छ । कृषकहरुबाट नेपाली ब्यावसायीहरुले बोटमै ठेक्का लिएर आफु खुसी आकार परिवर्तन गर्दै आएका छन् । यसरी आकार परिवर्तन गरिएपछि ब्यवसायी संघले केही महिनाअघि त्यसो नगर्न सार्वजनिक सुचना जारी गरेको थियो । गत बर्षदेखि नै सुरु भएको बिवाद यस बर्ष संघको सार्वजनिक सुचनाको अवज्ञा गरेपछि झन बिवाद बढेको हो ।

यस बिषयको बिवाद टुङ्गोमा पुराउनको लागि सर्वदलिय र सर्वपक्षिय बैठक बोलाउने तयारी गरिएको रुद्राक्ष ब्यावसायी संघ सङ्खुवासभाले जनाएको छ ।

सम्बन्धित समाचार