सङ्खुवासभामा करदाता सेवा कार्यालय स्थापना हुने



सङ्खुवासभा, भदौ ४ गते । संखुवासभाको सेवाग्राहीलहरुलाई लक्षित गरि करदाता कार्यालय संचालमा आउने भएको छ । जिल्लामा बढ्दै गएको ब्यापारि ब्यावसायीहरुको सेवाको लागि भदौबाट सेवादिने गरि कार्यालय स्थापना हुन लागेको हो ।

हालसम्म कार्यालय राख्नको लागि खाँदबारी १ नगरपालिका कार्यालय छेउमा भवन लिईसकेको छ । उक्त भवनमा कार्यालय ब्यवस्थापन भईरहेको कार्यालयका नायब सुब्बा जीवन घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार, यहि भदौको अन्तिम सातादेखि कर सम्बन्धी सम्पुर्ण सेवाहरु खाँदबारी कार्यालयबाट नै दिईने छ ।

खाँदबारीमा करदाता सेवा कार्यालय स्थापना भएपछि कर सम्बन्धी सम्पुर्ण कामको लागि धरान धाउनु पर्ने बाध्यता हट्ने भएको छ । कर अनुसन्धान बाहेकका सम्पुर्ण कामहरु खाँदबारी कार्यालयबाट दिईने नासु घिमिरेको भनाई छ । खाँदबारी कार्यालयको लागि एक अधिकृत र ३ नासुको दरबन्दी कायम भईसकेको छ । बाँकी आवश्यक कर्मचारीहरु करारमा राख्न सकिने घिमिरेले बताउनुभयो । यस कार्यालयबाट सङ्खुवासभाका नागरिकहरुले मात्र सेवा पाउने समेत नासु घिमिरेले स्पष्ट पार्नुभयो ।

सम्बन्धित समाचार