निजामती कर्मचारी पुरस्कार सङ्खुवासभाका कर्मचारीलाई




सङ्खुवासभा, भदौ २२ गते । यस बर्षको निजामती कर्मचारी पुरस्कारबाट जिल्ला प्रसासन कार्यालयमा कार्यरत एक कर्मचारी पुरस्कृत हुनुभएको छ । प्रत्येक बर्ष निजामती कर्मचारीलाई दिईने राष्ट्रिय पुरस्कारबाट जिल्ला प्रसासन कार्यालयका कार्यलय सहयोगी बुद्धिमान राई पुरस्कृत हुनुभएको हो ।

देशभरबाट छानिएर केन्द्र पठाएपछि मुख्य सचिवको नेतृत्वमा रहेको छनौट समितिले यस बर्ष राईलाई पनि उत्कृष्ठ कर्मचारीको रुपमा छनौट गरेको हो । निजामती कर्मचारी दिवसको अवसरमा शुक्रबार घोषणा भएको पुरस्कार अर्को बर्षको दिवसको दिन प्रदान गरिने प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । पुरस्कृत हुने राईले नगद पचास हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन् ।

सङ्खुवासभा मकालु गाउँपालिका घर भएका राई दुई बर्षदेखि जिल्ला प्रसासन कार्यालयमा कार्यरत हुनुहन्छ । त्यस अघि उहाँ मकालु बरुण राष्ट्रिय निकुञ्जमा कार्यरत हुनुहन्थ्यो ।

सम्बन्धित समाचार