सिलिचोङको पहिरो क्षति बिवरण सङ्कलन सुरु




सिलिचोङ, भदौ ३० गते । सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा करिब एक साता लगातार पानी परेपछि गएको पहिरोको जोखिम मुल्याङ्कन तथा अनुगमन सुरु गरिएको छ । सिलिचोङ गाउँपालिका प्रमुख रामबहादुर कुलुङको नेतृत्वमा आजबाट स्थानीय विपद ब्यवस्थापन समितिले अध्ययन तथा अनुगमन सुरु गरेको हो ।

समितिले पहिरोको जोखिम क्षेत्रहरु मांतेवा, ताम्कु, बाला र सिसुवाको स्थलगत अनुगमन गर्न सुरु गरेका छन् । टोलीले आज गाउँपालिकाको वडा नम्बर ४ मांतेवाको पहिरो र क्षतिको बिवरण सङ्कलन गरेका छन् । कुन गाउँमा के कति क्षति भए भन्ने बारेमा अध्ययनको अन्तिममा मात्र क्षति बिवरण आउने गाउँपालिका प्रमुख कुलुङले जानकारी दिनुभयो ।

सवै टोल र वडाको क्षतिको बिवरण आईसकेपछि स्थानीय तहबाट दिन सकिने राहत उपलब्ध गराउने र अन्य राहत जिल्ला विपद ब्यवस्थापन समितिसँग अनुरोध गरेर उपलब्य गराउने योजना रहेको प्रमुख कुलुङको भनाई छ । अहिले सिलिचोङ क्षेत्रमा पनि पानी पर्न छोडेको छ ।

सम्बन्धित समाचार