गजलः बच्छ्यौं बिर्सेर अरिङ्गालको चर्चा



-भेषराज न्यौपाने

बच्छ्यौं बिर्सेर गर्यौ अरिङ्गालको चर्चा
भोकाहरु बिर्सिएर अनिकालको चर्चा ।

अझै कति दगुर्छौ कौवाको पछिपछि ?
कान लग्यो है भनेर गरे बेतालको चर्चा ।

बिगतको हैन भबिष्यको चिन्ता गर बाबु
नखर्चिनु समय गरी पोहोर सालको चर्चा ।

साँच्चै हो ञठूलालाई चैन सानालाई एेनझ
गरियोस् कानुन र माकुरी जालको चर्चा ।

सम्बन्धित समाचार