तेह्रथुममा सुत्केरी महिलालाई करणी गर्न खोज्ने पक्राउ 




तेह्रथुम । जिल्ला अस्पताल तेह्रथुममा प्रसुति गराउन आउनुभएका २० वर्षिया महिलालाई जबरजस्ती करणी गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका–३, बयरवनका ३० वर्षीय दिलिप भनिने दिपेश कार्कीलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । कार्कीले विहीबार जिल्ला अस्पतालमा अपरेसनबाट प्रसुति गराई वार्डमा रहनुभएका महिलालाई राति १० ः०० बजे शौचालय गएको मौका छोपी जबरजस्ती करणीको प्रयास गरेका थिए । उनले आफू अस्पतालको डाक्टर भएको र घाउ सफा गरिदिने भन्दै झुक्याएर गोप्य अंङ्गहरुमा हात पु¥याएपछि आफूले प्रतिकार गरेको पीडित महिलाले बताउनुभयो । प्रहरीले कार्कीलाई विहीबार राति नै पक्राउ गरेको थियो ।

शुक्रबार उनी विरुद्ध जबरजस्ती करणी उद्योग अपराधमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार