खाँदबारीमा सढेको बस्तु उपभोग गर्न बाध्य (भिडियो सहित)




संखुवासभा, असोज १६ गते । ब्यावसायी र नियमनकारी निकायको उदासिनताको कारण खाँदबारी बजार क्षेत्रकामा म्याद गुज्रेका तथा सढे गलेका खाद्य पदार्थहरु खान बाध्य छन् । मंगलबार खाँदबारीको टुँडीखेल नजिकै कुहेको लड्डु विक्रि गरिएपछि यस्तो रहस्य खुलेको हो ।

चिचिला गाउँपालिकामा शिक्षक सेवा उतिर्ण गरेको अवसरमा धुपुका सरिता कोईरालाले साथीहरुलाई खुवाउन ल्याएको लड्डु कुहेको भेटिएपछि अरु तिर पनि यस्तै हुनसक्ने भन्दै उपभोक्ताहरु चिन्तित बनेका छन् । कुहेको र सडेगलेको खाद्यपदार्थ खाँदा मानव स्वास्थ्यमा पार्ने असरको बारेमा ब्यावसायी र नियमन निकाय कसैले ध्यान नपुराएको उपभोक्ताहरुको आरोप छ । ‘हामी जत्तिको मान्छेलाई त यस्तो कुहेको बेच्छन्, अरु सामान्य नागरिकहरुलाई कस्तो देलान्’ कोईरालाले भन्नुभयो । उत्पादन गरिएको लामो समयसम्म विक्रि नभएका खाद्यबस्तुहरु पनि बेच्ने हुँदा उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड गरिरहेको कोईरालाको भनाई छ ।

बजारमा अन्य पसल र होटलहरुमा पनि यस्तो अखाद्य बस्तुहरु हुनसक्ने भन्दै नियमन निकायले निरन्तर अनुगमन गर्नु पर्ने बलबहादुर कुलुङको भनाई छ । उद्योग बाणिज्य संघ, जिल्ला प्रसासन कार्यालय लगायतका निकायहरु मौन बस्दा उनीहरुको मनोबल बढ्ने बताउनुहुँदै नियमित अनुगमन गर्नु पर्ने कुलुङले बताउनुभयो ।

https://www.youtube.com/watch?v=vDwqyufNh2E

सम्बन्धित समाचार