भोजपुरमा ५ हजार वढी भुकम्प पीडितको गुनासो संकलन



फाईल फोटो ।

भोजपुर, असोज १६ गते । भोजपुरमा ५ हजार एक सय ६ जना भुकम्प पिडितले गुनासो दिएका छन् । जिल्ला भुकम्प कार्यान्वयन इकाईमा आएका गुनासो मध्ये सवै भन्दा वढी भोजपुर नगरपालिकामा २ हजार ९४ जनाले गुनासो दिएका छन् । त्यस्तै षडानन्द नगरपालिकामा १२ सय २१ जनाले गुनासो दिएको कार्यालयले जनाएको छ ।

त्यस्तैगरि आमचोक गाउँपालिकाबाट चार सय ६३, टेम्केमैयुङ्ग गाउँपालिकामा तीन सय ८२, अरुण गाउँपालिकामा तीन सय ४७, रामप्रसाद राई गाउँपालिकामा दुई सय १८, साल्पासिलिछो गाउँपालिकामा एक सय ८६, हतुवागढी गाउँपालिकामा एक सय ६१ र सवै भन्दा कम पौवादुङ्मा गाउँपालिकाबाट ३२ जनाको गुनासो आएको जिल्ला भुकम्प कार्यान्वयन इकाई भोजपुरका प्रमुख राजनराज रेडीले जानकारी दिए । संकलन भएका गुनासोलाई रिफारिस गरेर पठाउने र त्यसपछि आवश्यक प्रक्रिया अगाडी वढ्ने उनले वताए । गत मंसिर महिना सम्ममा भुकम्प पिडितले गुनासो दिएका हुन् ।

अहिले पनि गुनासो संकलन कार्य भइरहेको कार्यालयले जनाएको छ । यस अघि लाभग्राही सुचीमा परेका ५ हजार ७ सय ४९ जना मध्ये ५ हजार २ सय ४४ ले पहिलो र २ हजार ३ सय ६४ जनाले दाश्रो किस्ता वापतको रकम लिएको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार