सुरक्षा घेराभित्रैबाट बलत्कार आरोपित फरार



उदयपुर, असोज १७ गते । उदयपुरमा बलात्कारको आरोपमा पक्राउ परेको एक युवा प्रहरी कार्यालयबाट फरार भएको छ । उदयपुरको कटारी नगरपालिका–४ सिम्ले पानी ट्याङकीका ३५ वर्षिय दिपेन्द्र कोईराला बलात्कारको अभियोगमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याएको थिए । तर, बलत्कारी प्रहरीको सुरक्षा घेरबाटै फरार भएको पीडितको आरोप छ । बलत्कारी कोइरालाले आफनै घरमा डेरा गरि बस्ने १७ वर्षिय किशोरीलाई बलात्कार गरेको पिडित किशोरीको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए ।

गत बैशाख २८ गते राती घरमा श्रीमति नभएको मौका पारि कोईरालाले आफनै घरमा पढ्न बसेकी किशोरीलाई डर धाक धम्की दिएर जबरजस्ती करणी गरेको घटना लामो समयपछि सार्वजनिक भएको हो । कोईरालाका श्रीमति दुई बच्चालाई घरमा नै छोडेर त्यस दिन बाहिर गएको र दुवै बच्चा राती रुन थालेपछि घरमा डेरा गरि बस्ने किशोरीलाई एउटा बच्चा सुताई दिन आग्रह गरेको पीडित किशोरीले बताईन् । पीडितका अभिभावकले भने ‘राती बच्चा माग्ने बहाना किशोरीको कोठामा गई ज्यान मार्ने धम्कि दिदै बलात्कार गरेको थियो ।’ पिडित किशोरीले घटनाको बारेमा अभिभावकलाई जानकारी दिए अनुसार ज्यान मार्ने धम्की दिएर किशोरीलाई बलात्कार गरेको बताएपछि अभिभावकले ईलाका प्रहरी कार्यालय कटारीलाई जानकारी दिएपछि कोईरालालाई असार १३ गते पक्राउ गरेको थियो । अभियुक्त कोइरालालाई पक्राउ गरेर अनुसन्धान गर्ने र मुद्धा चलाउने अधिकार इलाका प्रहरी कार्यालय कटारीलाई हुँदा हुँदै सोही दिन जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा मुद्धा दर्ता गरि कारबाही अगाडी बढाउनु पर्नेमा असार १४ गते बिहान दुवै पक्षको अभिभावकलाई बोलाई छलफलको क्रममा आरोपित कोईरालालाई प्रहरी कार्यालयबाट फरार गराएको पिडितको भनाई रहेको छ । प्रहरी कार्यालयले त्यस समय मुद्धा दर्ता नगरी आलटाल गर्दै मिलापत्र गराउन खोज्दै थियो ।

छलफल गराई मिलापत्र गराउन तत्कालिन प्रहरी उपरीक्षक ९एसपी० नवराज भट्ट सहमत भएको बुझिएको छ । एसपी भट्टको कार्यकालमा अभियुक्त कोइराला फरार भएका हुन् । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको सूचना बमोजिम एसपी भट्ट २०६४ साउन १७ गते दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट उदयपुर सरुवा भएर आएका थिए भने उदयपुरबाट २०७५ साउन १६ गतेबाट प्रदेश प्रहरी कार्यालय प्रदेश नं. ४ पोखरामा सरुवा भएर गएको छ ।

सिसी क्यामरा र बलियो सुरक्षा घेराभित्रबाट पीडक कोइराला फरार हुनु रहस्य लुकेको पीडितका बुवाले बताए । पिडितका आफ्न्तका अनुसार आरोपित कोईरालालाई प्रहरी कार्यालयबाट उनकै भाई राम कोईरालाले प्रहरीकै सामुन्ने मोटरसाईकलमा चढाएर भगाएको आरोप रहेको छ ।

फरार भएका कोइरालालाई पक्राउ गरि कारबाही गर्न उजुरी दिएर पटक पटक प्रहरी कार्यालय पुग्दा प्रहरीले फोटो लिएर आउन भन्दै टार्ने गरेको पिडितका अभिभावकले बताए । इलाका प्रहरी कार्यालय कटारीका डिएसपी धुर्व कुमार श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालयमा असार २१ गते नै मुद्धा दर्ता भएर यस कार्यालयमा पठाएको बताए । उनले भने, ‘मुद्धा दर्ता हुनु अधि यस कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाएको थियौ तर, के किन छोडियो थाह भएन, जिल्ला प्रहरी कार्यालयमै बुझन अनुरोध गर्दछु ।’ कोईरालाका आफन्तले भने धाक धम्की दिँदै मिलापत्रका लागि ५ लाखको प्रस्ताब गरेको पीडितको अभिभावकले बताए ।

सम्बन्धित समाचार