बालिका बलात्कार गर्ने युवकलाई १५ वर्षको जेल



सिन्धुली, असोज १७ गते । ५ वर्षीया बालिका बलात्कार अभियोगमा दोषी ठहर भएका एक युवकलाई १५ वर्षको जेल सजाय फैसला भएको छ । यहाँको फिक्कल गाउँपालिका–१, महादेवडाँडा ढुडेनीका १७ वर्षीय यज्ञबहादुर सुनुवारलाई सिन्धुली जिल्ला अदालतले बलात्कारमा दोषी ठहर गर्दै जेल सजायको फैसला सुनाएको हो ।

सुनुवार ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दोषी ठहर भएका हुन । उनलाई जेल सजायबाहेक १ लाख जरिमानासमेत तोकिएको जिल्ला अदालत सिन्धुलीका स्रेस्तेदार कुमार खतिवडाले बताए । सुनुवारले गत असार २१ गते खेल्न गएकी महादेवडाँडा–१ की बालिकालाई ललाइफकाइ गोठमा लगेर बलात्कार गरेका थिए ।

सम्बन्धित समाचार