सडक डिभिजन कार्यालय तुम्लिङटारप्रति जनगुनासो बढ्दो




सङ्खुवासभा, असोज २२ गते । सडक डिभिजन कार्यालय तुम्लिङटार प्रति नागरिक र जनप्रतिनिधीहरुको गुनासो बढ्न थालेको छ । सडक डिभिजन कार्यालयका प्रमुख लगायत कर्मचारीहरु गैह्र जिम्मेवार बन्दै गएको भन्दै आक्रोस ब्यक्त गर्न थालेका हुन् ।

केही दिन अघि स्थानीयले सडकको अनुगमन गर्न मुडे पुगेका डिभिजन कार्यालयका प्राविधिकलाई हातपात समेत गरेका छन् । जिल्लाका सडक र पुल निर्माण गर्ने क्रममा ठेकेदारसँग मिलेमतो गरि गुणस्तर हिन काम गर्ने गरेको धर्मदेवी नगरपालिकाका प्रमुख रमेश जिमीले आरोप लगाउनुभयो । सङ्खुवासभाको प्रवेश मार्ग टुटेदेउरालीको निर्माणाधिन सडकमा अत्यन्तै कम गुणस्तरका कच्चा पदार्थहरुको प्रयोग गरिएको भएपनि डिभिजन कार्यालयले राम्रो मुल्याङ्कन नगरि भुक्तानी दिएको जिमिको भनाई छ ।

फ्नो अनुगमनको क्रममा प्रयोग नगर्ने भनेर छुटाएको गुणस्तरहिन कच्चा पदार्थहरु समेत प्रयोग गरिएको र त्यस बारे डिभिजन कार्यालयलाई जानकारी गराउँदा कुनै ‘एक्सन’ नलिएको उहाँको आरोप छ । उहाँले भन्नुभयो ‘यो सडकमा यस्तो कमसल कच्चा पदार्थ प्रयोग गरिएको छ कि, एक बर्ष मात्र सडक टिके अत्यन्तै राम्रो सडक बनाएछन् भनेर बुझ्नु होस ।’ अहिलेसम्म निर्धारित समयमा आयोजनाहरु सम्पन्न नहुनुमा सडक डिभिजन कार्यालयको पनि ठुलो कमजोरी रहेको उहाँको आरोप छ ।

धर्मदेवी नगरपालिकाका प्रमुख जिमी जस्तै अन्य जनप्रतिनिधीहरुकोे पनि गुनासो उत्तिकै छ । जनप्रतिनिधीहरुले कार्यालयको फोन नउठ्नेदेखि ठेकेदारहरुसँगको मिलेमतोसम्मको आरोप लगाएका छन् ।

सम्बन्धित समाचार