गजल: वडो जोशमा छन्



हाम्रा वयस्कहरु, वडो जोशमा छन् ।
अनि जवानहरु व्यर्थै आक्रोसमा छन् ।

खै त ! कोही बिनासित्ति पनि बाँचेकै छ,
बरु श्रम गर्नेहरु भोकले बेहोसमा छन् ।

समृद्धि लिन गएका ति मान्छे फर्केनन्,
कुन्नि त्यो समृद्धि कति कोष (दुरी)मा छन् ?

नियाली हेरेस् ! उ फर्केलान् नि एकदिन,
तिनका मुहारको रङ्ग कति सन्तोषमा छन् ?

– रोशनदीप, खाँदबारी

सम्बन्धित समाचार