नौली याम्फुको अर्को गीत ‘हुइ हुर्र हा साइला’ सार्वजनिक (भिडियो सहित)




काठ्माण्डौ । गायीका नौली याम्फुको अर्को गीत हुइ हुर्र हा साइला सार्वजनिक भएको छ । याम्फुले आफ्नै युटुब च्यानलबाट मंगलबार गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

उक्त पुर्वेली लोक लयको गीतमा डि.बि. कुलुङ र दिपेन्द्र याम्फूले शब्द लेखेका हुन् । गीतमा लय संकलन भने दिपेन्द्र याम्फुले गरेका हुन् । उक्त गीतको रेकर्डिङ रजय गुरुङले गरेका हुन् भने भिडियो छायाँङ्कन ध्यान कुलुङ र विशाल राई राईले गरेका छन् । भिडियोको सम्पादन पनि बिशाल राईले नै गरेका हुन् ।

यस गीतमा संखुवासभा र आसापासको जनजीविका तथा ठाउँ परिवेशलाई समेटिएको छ । यहाँका पर्यटकिय स्थल, जडीबुटी, खानपान लगायतका विषयलाई उठान गर्दै माया पिरतीसँग जोडेर बनाईएको यस गीत श्रोताले मन पराउने गायीका याम्फुको दावी छ ।

गायीका याम्फुले यस अघि दर्जन बढी गीतहरुमा आवाज दिएका छन् । विगत केही बर्ष पारिवारिक ब्यवस्थापनमा लाग्नु परेकोले संगीतको क्षेत्रमा उत्ति समय दिन नसकेपनि अब निरन्तर यस क्षेत्रमा लाग्ने उहाँको भनाई छ । उनले यस अघि पनि आँशुले भिजेको मेरो प्रेम बोलको गीत बजारमा ल्याएका थिए ।

याम्फुलाई २०६४ सालमा खाँदबारीमा आयोजित कृषी तथा औद्योगिक प्रदर्शनीमा गायन कलाको कदर गर्दै सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रमबाट उनलाई ‘मकालुकी छोरी गुराँस भित्रकी सुन्दरी’ उपनाम समेत दिईएको थियो ।

सम्बन्धित समाचार