सार्वजनिक भयो ‘मुटु किन नबनेको’ (भिडियो सहित)




काठ्माण्डौ । पछिल्लो मसय एक पछि अर्को गरि गीत बजारमा ल्याईरहने गीतकार पदम साधना कुलुङको शब्दमा अर्को गीत बजारमा आएको छ । तारा नुमिहाङको एल्बम ‘फुल चन्द्रमा’मा रहेको ‘मुटु किन नबनेको’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोलाई सम्भु राईले निर्माण गरेका हुन् । जो गायिका तारा नुमिहाङको श्रीमान समेत हुन् । गीतमा हरि लम्सालको संगीत रहेको छ भने तारा नुमिहाङकै आवाज रहेको छ ।

गीतको भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ । भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र आकाश श्रेष्ठले अभिनय गरेका छन् । हालै टुवेल नोटस् नामको युटुव च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोको सकारात्मक चर्चा सुरु भएको छ ।

सम्बन्धित समाचार