एक युवकले दुई गर्लफ्रेण्डसँग एकैसाथ विवाह गरे



एजेन्सी । इंडोनेसियाका एक युवकले आफ्ना दुई गर्लफ्रेण्डसँग एकैसाथ विवाह गरेका छन् । उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । भ्वाइस इंडोनेसियाकाअनुसार दुवै जनालाई बराबर माया गर्ने भएकाले दुवैको मन नदुखाउने उद्देश्यले आफूले एकैसाथ विवाह गरेको ती युवकले बताएका छन् । यो विवाह अगष्ट १७ मा इंडोनेसियाको एयरतारपमा भएको थियो । विवाहमा दुवै गर्लफ्रेण्डको परिवारले धेरै रकमसमेत छोरी ज्वाँइलाई दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुवै युवतीले एकअर्काका कारण कुनै समस्या नपरेको र भविष्यमा पनि नपर्ने बताएका छन् । दुवैजना यो विवाहले खुसी भएका छन् । स्थानीय सञ्चारमाध्यममा युवकले दुवैजनालाई बराबर माया गर्ने भएकाले आफूले दुवै गर्लफ्रेण्डलाई एकैसाथ विवाह गरेको बताएका छन् । इण्डोनेसियामा यो अनौठो विवाह पहिलो पल्ट भने होइन, यसअघि पनि केही युवाले दुईजना गर्लफ्रेण्डसँग विवाह गरेका थिए ।

सम्बन्धित समाचार