भक्तपुरको मेधा मावि देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल



काठमाण्डौ

। विद्यालयलाई ४० औ शिक्षा दिवस तथा ५३ औँ अन्तरा

भक्तपुरको तेखापुखुमा रहेको मेधा माध्यमिक विद्यालय सामुदायिक विद्यालयतर्फ देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक मूल्याङ्कनमा मेधा मावि देशभरकै उत्कृष्ट सामुदायिक विद्यालय भएको हो ।

विद्यालयलाई ४० औ शिक्षा दिवस तथा ५३ औँ अन्तराष्ट्रिय साक्षतरता दिवसको दिनमा पुरस्कृत गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले १० कक्षाको परीक्षाफल र ९ कक्षाको विद्यार्थी रजिष्ट्रेशनको आधारमा गरेको मूल्याङ्कनमा मेधाले ९० दशमलव १ नम्बर प्राप्त गर्दै गरेको हो ।

त्यस्तै गुल्मीको रेसुङ्गा मावि दोस्रो र काठमाण्डौको बालाजुमा रहेको तरुण मावि तेस्रो भएको छ । संस्थागततर्फ भने काठमाण्डौको कपनमा रहेको रिलायन्स इण्टरनेशनल एकेडेमी पहिलो, काभ्रेको साँगामा रहेको नेपाल प्रहरी मावि दोस्रो र नयाँबानेश्वरको भ्याली भ्यू इङ्लिस स्कुल तेस्रो भएका छन् ।

सम्बन्धित समाचार