चितुवाले एक बच्चालाई आक्रमण गरेर लगेपछि



बैतडी । बैतडीको तल्लोस्वराडमा चितुवाले एक बच्चालाई शुक्रवार बेलुका आक्रमण गरेर लगेको छ। शिवनाथ गाउँपालिका-२ टाँडीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीप मडैलाई चितुवाले आक्रमण गरेर लगेको हो । बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दका अनुसार बेुलका साढे ७ बजे घरको आँगनमा खेलिरहेका बेला बालकालाई चितुवाले आक्रमण गरेको हो।  चितुवाले आक्रमण गरेर बालकलाइ लगेको बालकको अवस्था खुल्न नसकेको उनले बताए।

कुस्मदघाटबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। चितुवाले लगेकको बच्चाको स्थानीयले खोजी गरिरहेका छन् । चितुवाले बालक लगेपछि तल्लोस्वराडका गाउँले त्रसित बनेका स्थानीय वीरेन्द्र महताले  बताए। तल्लोस्वराडमा चितुवाको आक्रमणबाट ८ वर्षयता २३ जनाको ज्यान गइसकेको छ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..