रोटरी क्लव द्धारा बाल कक्षामा अध्ययनरत वालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण



इटहरी । ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर सुनसरीको इटहरी १६मा रहेको श्री जब्दी आधारभुत विद्यालयमा बाल कक्षामा अध्ययनरत वालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरियो ।

रोटरी क्लव अफ इटहरी , इनट्रयाक क्लव अफ इटहरी , एसओएस बालग्राम , पिस जोन आवासिय मावि र विश्व आर्दश एकेडेमीको संयुक्त आयोजनामा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

रोटरी क्लव अफ इटहरीले विगतका वर्षहरुमा समेत सहयोग पुर्याउदै आएको श्रीजब्दी आधारभुत विद्यालयका बालवालिकाहरुलाई कपी,कलम, पेन्सील ,साप्नर ,जेमेट्रिक बक्स , कलर लगायतका सामाग्रीहरु वितरण गरिएको क्लवकी सचिव सविना कोइरालाले वताइन । रोटरी क्लव अफ इटहरीका अध्यक्ष अनिता अधिकारीको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा पिसजोन आवासिय माविका खुशी श्रेष्ठ, विश्व आर्दश एकेडेमीकी अरुस्का कट्टेल र एसओएस बालग्रामका विद्यार्थी आभुषण लम्सालले बालवालिकाहरुलाई हात धुने तरिका सकारात्मक र नकारात्मक छुवाईका विषयमा जानकारी गराएका थिए । शैक्षिक सामाग्री वितरण कार्यक्रममा लक्ष्मी थेबे , अनन्त विष्ट ,विजु बैनी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार