गरिव तथा जेहेन्दार बिद्यार्थी पढाउँदै ‘सानीमा’




संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको सानीमा बैंकले बिगत ७ बर्षदेखि गरिव तथा बिपन्न बिद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सहयोग गरिरहेको छ । सरकारी/सामुदायिक बिद्यालयमा गरिवीका कारण आथिर्क समस्यामा रहेका ४ जना बिद्यार्थीलाई जनही बार्षिक ५० हजार बराबरको सहयोग उपलब्ध गराउँदै आएको शाखाका प्रमुख मेदन बस्नेतले जनाए ।

एसईईमा न्युनत्तम सि ग्रेड प्राप्त गरेका, सोहि बिषय अध्ययनका लागि अन्य कुनै निकायबाट छात्रबृत्ती नपाएका कक्षा ११ बाट २ जना र कक्षा १२ बाट २ जना गरि बार्षिक ४ जनालाई आर्थिक तथा शैक्षिक सामग्री सहयोग गर्दै आएको बैंकले जनाएको छ । आर्थिक समस्याका कारण उच्च शिक्षा हाँसिल गर्नबाट बन्चीत रहेका गरिव तथा जेहेन्दार बिद्यार्थी पहिचान गर्न स्वतन्त्र रुपमा स्थानीय प्रबुद्ध समुह सम्मिलित ५ सदस्यीय शिफारिस समिति नै गठन गरि छनौट गर्दैआएको बंैकका शाखा प्रमुख बस्नेतले जनाए ।

छात्रबृत्ती स्वरुप प्रदान गरिने ५० हजारबाट बिद्यार्थीले चाहेको बिषयमा एड्मिसन शुल्क, शैक्षिक सामग्री खर्च लगायत मासिक रुपमा रु २ हजार समेत उपलबध गराईंदै आएको बैंकका शाखाप्रमुख बस्नेतले बताए । ७ बर्ष अघिदेखि बार्षिक ४ जनाका दरले छनौटमा परेका २८ जनामध्ये अधिकांस बिद्यार्थी अहिले सरकारी तथा गैह्रसरकारी संघसंस्थामा सेवारत रहेको र केहि बिद्यार्थीले थप शिक्षा लिईरहेको समेत शाखा प्रमुख बस्नेतको भनाई छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत न्युन आर्थिक अवस्थाका गरिव तथा जेहेन्दार बिद्यार्थीको उच्च शिक्षाको अधिकारलाई मध्यनजर गरि उपत्यका बाहिरका ६० बढि शाखा मार्फत गरिव तथा जेहेन्दार बिद्यार्थीको पठनपाठनमा सहयोेग गर्दै आएको बैंकले जनाएको छ ।

सानीमा बैंकले उपत्यका बाहेक उपत्यका बाहिरका सम्पुर्ण शाखाबाट गरिव तथा बिपन्न बिद्यार्थीको शैक्षिक उन्नयनमा योगदान पुर्याउने उदेश्यले सहयोग स्वरुप बार्षिक रुपमा छात्रबृत्ति प्रदान गर्दै आएको बैंकको भनाई छ ।

सम्बन्धित समाचार