भोजपुरका जिल्लाका दुई सरकारी कार्यालयद्धारा वार्षिक कार्यक्रम सार्वजनिक



भोजपुर। भोजपुर जिल्लाका दुई सरकारी कार्यालयले यस आर्थिकको वार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् । आइतबार सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अलैची जोन कार्यान्वय इकाई भोजपुर र भेटेनेरी अस्पाताल तथा पशु सेवा विज्ञ सम्पर्क केन्द्र भोजपुरले वार्षिक कार्यक्रमको विषयमा सरोकारवाला पक्षलाई जानकारी गराएका हुन् ।

अलैंची जोन भोजपुरले भने गत आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रमको विषयमा सार्वजनिक सुनुवाई समेत गरेको छ । अलैँची जोन अन्र्गगत यस आर्थिक वर्षको लागि एक करोड ९४ लाख ४१ हजार बजेट विनियोजन भएको कृषि अधिकृत डोमी चौधरीले कार्यक्रम मार्फत जानकारी दिए । जसबाट कार्यालयले कृषक लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनको भनाई छ ।

त्यस्तै भेटेनेरी अस्पाताल तथा पशु सेवा विज्ञ सम्पर्क केन्द्र भोजपुरले पनि यस आर्थिक वर्षमा एक करोड ६ लाख ५० हजार बरावरको कार्यक्रम सञ्चालन गर्ने सम्पर्क केन्द्र भोजपुरका प्रमुख सुन्दर यादवले जानकारी दिए । अलैँची जोन अन्र्तगत जिल्लाका ६ ओटा स्थानिय तहका ३० वडामा कार्यक्रम सञ्चालन भईरहेको छ । जसमा ९८ ओटा कृषक समुह, सहकारी, फर्म लगाएत आवद्ध भएको कार्यक्रम मार्फत जानकारी दिईएको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..