अंतरजातीय प्रेम गरेको भन्दै एक युवकलाई जलाएर मारीयो



लखनऊ । उत्तरप्रदेशको हरदोइमा अंतरजातीय प्रेम गरेको भन्दै एक युवकलाई जलाएर मारिएको छ। मृतकका परिवारका अनुसार युवकको मृत्युको पीडा सहन नसकेर उनकी आमाको पनि मृत्यु भयो। प्रहरीको आधारमा यो  घटना शनिबार हरदोई जिल्लाको भदेसामा भएको हो।

एसपी आलोक प्रियदर्शीका अनुसार, ‘अभिषेक उर्फ मोनूलाई कुटियो। एउटा घरमा बन्धक बनाएर राखियो र जलाइयो।’  एसपी आलोकले युवक कराएको सुनेर घटनास्थलमा पुगेका स्थानीयले युवकलाई स्थानीय हस्पिटल लिएर गए। त्यहाँबाट उनलाई लखनऊ रिफर गरियो। तर हस्पिटल नपुगी बाटैमा उनको मृत्यु भयो।

उनको मृत्युको खबर सुनेर उनकी आमाको पनि मृत्यु भएको परिवारका एक सदस्यले बताए। एसपीका अनुसार स्थानीयले मोनूको एक केटीसँग प्रेम सम्बन्ध भएको र ऊ प्रमिकालाई भेट्न गएको बताएका थिए।

मृतम मोनूका काका भन्छन्, ‘मोनू आफ्नी बिरामी आमा रामबेटीको उपचारको लागि २५ हजार लिएर आइरहेको थियो। परिवारसँग दुस्मनी भएका केही मानिसले उसलाई रोके। एउटा घरमा लिएर गए। उनीहरूले मोनूसँग पैसा खोसेर मोनूलाई जलाइदिए।’

एसपीले ५ जना विरुद्ध उजुरी दर्ता गरिएको जानकारी दिए। त्यसमा केटीको परिवारका २ जना २ छिमेकी र १ अन्य छन्।

यो घटनाको बारेमा बोल्दै भारतीका कांग्रेस प्रवक्ता रणदीप सिंह सुरजेवालाले उत्तर प्रदेशका योगी आदित्यनाथ सरकारलाई राजनीतिक उद्देश्यको लागि सामाजिक मुद्दामा प्रहार गर्ने आरोप लगाएका छन्।

सम्बन्धित समाचार