प्याराग्लाइडिङमा नेपालले पदकको आशा गरेको खेलमा टिम पुगेन



पोखरा ।  आगामी मंसिर १५ देखि २४ सम्म चल्ने १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले स्वर्ण पदकको आशा गरेको खेल नै नहुने पक्का भएको छ।  सागमा खेल हुनको लागि कम्तिमा पनि तीन राष्ट्रको सहभागिता हुनुपर्ने भए पनि १३ औँ सागको लागि नेपालसहित दुई राष्ट्रले मात्र सहभागिताको लागि नाम दर्ता गरेपछि नहुने पक्का भएको हो।

प्याराग्लाइडिङको लागि नेपाल र पाकिस्तानले मात्र नाम दर्ता गराएका थिए। आठ स्वर्णपदक राखिएको प्याराग्लाइडिङमा नेपालले सबै स्वर्ण ल्याउने आशा गरिएको थियो। प्याराग्लाइडिङ आयोजक राष्ट्रले छान्न पाउने दुई खेल मध्ये छानेको खेल हो। आफ्नो देशका खेलाडीले धेरै स्वर्ण ल्याउने बलियो सम्भावना भएपछि खेल छानिने गरिन्छ। सहभागी राष्ट्र दुई मात्र भएकोले सागको खेल हुने लिस्टबाटै प्याराग्लाइडिङ बिहीबार हटाइएको छ।

सम्बन्धित समाचार