पांमा कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक विजयी




खाँदबारी । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुलनाराका साथ आइतबार (आज) बाट शुरु भएको चौथो पाङ्मा कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा पांमा सोसाइटले जित हासिल गरेको छ ।

आज भएको पहिलो खेलमा पांमा सोसाइटी र एकता परिवार बिच भएको खेलमा बराबर भएपछि अन्तिम टाइबे्रकरमा पांमाले जितेको हो । दुबै टिमको खेल उतिकै रोमाञ्चक रहेको थियो ।

आज एक भब्य समारोह बिच प्रमुख अतिथीको रुपमा प्रदेश साँसद पूर्णकुमार राईले प्रतियोगिताको उदघाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा जिल्ला समन्वय प्रमुख सुमन शाक्य, नेकपा अध्यक्ष हेमराज घिमिरे, काँग्रेसका जिल्ला कोषाध्यक्ष छत्रमणी काफ्ले, पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरी, जग्गादाता बिरेश राई लगायतको उपस्थिती रहेको थियो ।

उक्त प्रतियोगिता लोहोरुङ क्लबले आयोजना गरेको हो । पांमाको भगिवन्त रंगशालामा बर्सेनि खुल्ला फुटबल प्रतियोगिताको आयोजना हुर्दै आएको छ । प्रतियोगिताका विजेताले एक लाख १५ हजार, उपविजेता ५५ हजार र सान्त्वनालाई १५÷१५ हजार रुपैया नगद, मेडल र प्रमाणपत्र प्राप्त पर्नेछन् । त्यसैगरि प्रतियोगिताको सर्बोकृष्ट खेलाडी एक जनालाई ५ हजार नगद र ट्रफी, उत्कृष्ट गोलरक्षक एक जनालाई दुई हजार ५ सय रुपैया नगद र ट्रफी र सर्वाधिक गोलकर्ता एक जनालाई नगद दुई हजार ५ सय रुपैया र ट्रफी दिइने आयोजकले जनाएकोछ ।

जिल्लाको खाँदबारी नगरपालिका–४ पाङ्माको भगिवन्त रंगशालामा किराँतहरुको महान चाड उधौली पर्वको अवसरमा आजबाट शुरु भएको उक्त प्रतियोगिता आगामी २७ गते संचालन हुनेछ । प्रतियोगितामा सुनसरी र मोरङ्ग सहितका १३ टिमको सहभागीता रहेको छ ।

सम्बन्धित समाचार