हिलेमा सम्पन्न ब्याटमिन्टनको भेट्रान तर्फ संखुवासभा विजयी




खाँदबारी । धनकुटाको हिलेमा सम्पन्न भएको दोश्रो राष्ट्रिय खुल्ला व्याडमिण्टन प्रतियोगिताको भेट्रान तर्फ संखुवासभा विजयी भएको छ । प्रतियोगितामा संखुवासभाका अमर विष्ट र मोहन कटुवालको जोडी प्रथम भएका हुन् ।

उनिहरुले पाँचथरका धन कृष्ण श्रेष्ठ र इन्द्र योङहाङलाइ २१–१७, १७–२१ र २१–१९ ले हराउदै भेट्रान तर्फ प्रथम भएका हुन् । उनिहरुले नगद रु २० हजार सहित मेडल र प्रमाण पत्र पुरस्कार पाएकाछन् ।

हिले व्याटमिन्टन क्लबको आयोजना हिलेमा सञ्चालित भेट्रान तर्फ नै धनकुमार श्रेष्ठ, ईन्द्र योङ्गहाङ्ग पाँचथर दोश्रो र वल वहादुर कार्की, चित्र थापा उदयपुर र दिपक लामा र श्याम राना धनकुटा तेश्रो भएको छ । उनिहरुले क्रमश नगद १० हजार, ५ हजार सहित मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेकाछन् ।

प्रतियोगितामा पुरुष खुल्ला डबल तर्फ काठमाण्डौका पविन लिम्वु र रुकेश महर्जनको जोडी प्रथम भएकाछन् । प्रतियोगिताको फाइनलमा सुनसरीका सुरज महर्जन र सुर्य श्रेष्ठ को जोडिलाइ १६ –२१, २१–१६ र २२–२० को सेटमा हराउदै पविन र रुकेशको जोडि प्रथम भएका हुन् । जीत सँगै उनिहरुले नगद रु ३० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार जितेकाछन् ।

त्यस्तै धरानका सूर्य श्रेष्ठ र सुजन महर्जनको जोडी द्धितीय र सुजन श्रेष्ठ र प्रमिस र्सिह ठकुरी धरान र विशाल तामाङ र प्रमिस श्रेष्ठ संखुवासभा तृतीय भएकाछन् । उनिहरुले क्रमश रु २० हजार मेडल प्रमाण पत्र, र रु १० हजार मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेकाछन् ।

महिला सिंगल खुल्ला तर्फ धनकुटाकी गीता राई पहिलो हुनुभएको छ । हिलेकी अरुणा तामाङ्गलाई २१ –१७, १६–२१ र २१–१७ ले हराउदै उहाँ पहिलो हुनुभएको हो । महिला सिंगल तर्फको दोश्रो अरुणा तामाङ्ग, सृष्टि राई धरान र अञ्जना राई झापा तेश्रो भएकाछन् । उनिहरुलाई क्रमश नगद रु १० हजार, ५ हजार २ हजार सहित मेडल प्रमाण पत्र पुरस्कार प्रदान गरिएको प्रतियोगिता आयोजक क्लवका अध्यक्ष राम गोङ्गवाले जानकारी दिनुभयो ।

प्रतियोगितामा धनकुटा सहित भोजपुर, संखुवासभा, उदयपुर, पाँचथर, सुनसरी, झापा, मोरङ्ग, तेह्रथुम, लाहन र काठमाडौका खेलाडीहरु सहभागि थिए ।

सम्बन्धित समाचार